मूल प्रवाह एकता समाजद्वारा प्रवासी संघको कार्यक्रतालाई आर्थिक सहयोग

0
1499

हिसार । भारतमा प्रवासी नेपालीहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुले समय समयमा मानवताको उच्च परिचय दिदै आएका छन् ।

हालै जिल्ला दाङ मसिना ७ निवासी रोहित कुमार १६ मई २०१८ का दिन बाईक दुर्घटनामा परि हिसारको सर्वोदय होस्पिटलमा उपचार भैरहेको र परिवारले आर्थिक सहयोग पाउ भनि मूल प्रवाह हिसार नगर समितिमा निवेदन दिएका थिए । रोहित कुमारको अवस्था बारे नगर समितिले जाचबुझ गरि संगठनका कार्यकर्ताहरुले रु. २५ हजार २०० (पच्चीस हजार दुईसय) आर्थिक संकलन गरि नगर अध्यक्ष वसन्तबहादुर दर्लामी, नगर सचीव ताराबहादुर सोमरे र एरिया समितिका सदस्य श्री प्रेम सुर्यवंसी मगरको उपस्थितिमा रोहित कुमारकी श्रीमती सुमित्रालाई हस्तान्तरण गर्नुभएको छ ।

प्रवासी संघका कार्यकर्ता समेत रहेका रोहित कुमारले एकता समाजको उक्त कार्यप्रती धन्यवाद प्रकट गरेका छन् । आम नेपालीहरुको हकहित र न्यायको लागि मात्र नभई अलपत्र, असाहाय, आर्थिक विपन्नता तथा आकस्मित दुर्घटनामा परि अति संवेदनशिल अवस्थामा रहेकाहरुलाई समेत मूल प्रवाहले आर्थिक संकलन गरि सहयोग गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here