मूल प्रवाहले ८ लाख दिलायो

0
373

मनाली । सन २०१६ मा मनालीमा नदिले बगाएर मृत्यू भएका दम्पत्तीका छोरा छोरीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले लामो संघर्ष पश्चात राहत स्वरुप नगद रु. ८ लाख दिलाउन सफल भएको छ ।

साविक लिस्ती गाविस वडा नं ६ सिन्धुपालचोक निवासी नुरवु शेरपाका छोरा बुहारी कुण्डु शेरपा र ग्याल्मो शेरपाको २०१६ मा नदिमा बगेर मृत्यु भएको थियो । उनीहरुका ४ छोरा छोरीहरुको पक्षमा एकता समाज मनालीले राहतको माग गर्दै हिमाचल सरकार समक्ष याचिका दायर गरेको थियो ।

नगर समितिका अध्यक्ष साइला लामा, कोषाध्यक्ष बैकुण्ठ रिमाल र नगर सल्लाहकार जय बहादुरको संयुक्त पहलमा २४ जनवरी २०१८ का दिन सो रकम पिडीत परिवारलाई हस्तान्तरण गर्न सफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here