मूल प्रवाहले गर्यो दाहसंस्कार

0
366

हिसार । भारत स्थित नेपालीहरुको छाता संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज न केवल सामाजिक न्याय हक अधिकारको लागि संघर्ष गर्दछ वल्कि अलपत्र तथा वेखर्चीहरुको पनि उद्धार गर्दै आइरहेको छ ।

गत १ अक्टुबर २०१८ को मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका साधारण सदस्य पुरन गुरुङ, पोखरा रामबजार घर भएका हाल हिसार पडाव चोकमा रहँदै आउनु भएकाकी जीवन साथी श्रीमती गिता वर्ष ४९ कीको रोहतक पिजीआईमा उपचारको दौरान मृत्यु भयको थियो ।

यस्तो दुःखद घडिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसारले वेखर्ची अवस्थामा रहनुभएका पुरन गुरुङलाई चन्दा संकलन गरि मृतक गिताकोको दाहसंस्कार गरिएको छ । दाहसंस्कारमा रोहतक नगर समितिका अध्यक्ष रेशम बिक, खेमबहादुर लगायत धेरै साथीहरूको उपस्थित रहेको थियो । त्यस्तै हिसार नगर समितिदेखि श्याम बहादुर बिक, तारा बहादुर सोमरे लगायतका समाजका कार्यकर्ताहरुको दाहसंस्कारमा सहभागी रहेको थियो ।
दुखद घडिमा मृतकप्रति संयुक्त दुबै नगर समितिको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सभा पनि सम्पन्न गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here