भोपाल । नेपाल प्यूठान स्वर्गद्वारी ७ तापा घर भई हाल भोपालको एक होटलमा कार्यरत जितेन्द्र विककी श्रीमती छमि कुमारी विकलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले १० हजार भारु. आर्थिक सहयोग गरेको छ ।
जितेन्द्र विकको आर्थिक अवस्था दयनिय भएकोले उनकी क्यानसर पीडित श्रीमती छमि कुमारीलाई उपचारार्थ एकता समाजले सो रकम सहयोग गरेको हो । नगर समितिका नेता कार्यकर्ताहरुको सक्रियतामा आर्थिक संकलन गरि सो आर्थिक सहयोग गरिएको हामीलाई भोपालबाट हाम्रा सहयोगी विष्णु आर्याले बताउनु भएको छ ।