मूल प्रवाहको समता विभाग गठन

0
216

बेंगलोर उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रीय सदस्य मदन भण्डारी, क्षेत्रीय समितिका विवि थापा र धरम पहरीले उपस्थित जनमानसलाई प्रशिक्षण दिनुभएको थियो । गणेश परियारको अध्यक्षता तथा कृष्ण नेपालीको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई गगन परियारले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा देबबहादुर केसी, किसन परियार, रामसिंह जिएम, सरस्वती केसी, करन ओलीले मन्तव्य दिनुभएको थियो ।

भेलाले धरम पहरीको संयोजकत्वमा समता नगर विभाग गठन गरिएको छ । जसमाः सदस्यहरु कृष्ण नेपाली, कृष्ण परियार, गणेश परियार, दुरा पहरी, शान्ति परियार, गगन परियार, दिलिप विक, किसोर विक, लोकेश विक, ज्योती पार्की र बलदेव विक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here