मूल प्रवाहको संगठन विस्तार

0
150

गुरुग्राम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति गुडगावद्वारा सञ्चालित पूर्वी गुडगाव एरिया समिति अन्तर्गत सेक्टर ४५ ए टोल समितिको पुनरगठन गरिएको छ । सो अवसरमा श्रमजिवी नेपालीहरु बीच भेला सम्पन्न गरिएको थियो । कार्यक्रमको अध्यक्षता डालबहादुर वस्नेत, सञ्चालन धर्मराज केसी र स्वागत कृष्ण रेग्मीले गर्नुभएको थियो ।

भेलामा क्षेत्रीय समितिका सुरेशकुमार पाण्डे, कमल रायमाझी, नगर समितिबाट प्रेम नेपाली र एरिया समितिबाट दिलबहादुर विक, सतिस कुँवरले शुभकामना मन्तव्य दिनुभएको थियो ।

भेलाले कृष्ण रेग्मीको अध्यक्षतामा टोल समिति पुनरगठन गरेको जसमा : उपाध्यक्ष– कृष्ण भुसाल, सचिव – डाल बहादुर वस्नेत, सहसचिव– तेजनारायण आचार्य, कोषाध्यक्ष– बाबुराम भुषाल, सदस्यहरुमाः माधव बस्नेत, निखिल बस्नेत, नारायण केसी र विकास मिधुन रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here