मूल प्रवाहको संगठन विस्तार

0
502

चंडीगढ, ३१ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़ नगर समितिद्वारा संचालित सिटी एरिया समिति अन्तर्गत सेक्टर ८ चंडीगढमा क्षेत्रीय सल्लाहकार खिमराज चालिसे र नगर सदस्य लालु केसीको विशेष उपस्थिति एवं नगर सदस्य वेगमबहादुर कुँवरको पहलमा भेला सम्पन्न भएको छ ।

सो भेलामा मूल प्रवाहको महत्व तथा भारतस्थिति नेपालीहरुका समसामायिक समस्याहरुबारे चर्चा पश्चात सो भेलाले ५ सदस्यीय उन्नति टोल समिति गठन गरिएको छ । जसमाः अध्यक्ष– हिमबहादुर कुँवर, सचिव– तेजेन्द्र कुँवर, कोषाध्यक्ष– मेघराज नेपाली र सदस्यहरुमाः प्रविन नेपाली र अर्जुन परियार रहनु भयको छ ।

नव निर्वाचित समितिलाई नगर सदस्य प्रितम खडकाले वधाइ दिनुभयको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here