मूल प्रवाहको संगठन विस्तार

0
207

भिवाडी, ३ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडी अन्तर्गत हिल भ्यु गार्डन (तेहरान) टोल समिति गठन गरिएको छ । भिवाडी नगर समिति सदस्य काशिराम पार्धेको पहल र केन्द्रीय सदस्य नारायण शर्मा, नगर समिति अध्यक्ष काजीराम श्रेष्ठ र किशोर राईको बिशेश उपस्थितिमा अशोक थापाको अध्यक्षतामा ९ सदस्यीय टोल समिति गठन गरिएको छ ।

जसमा क्रमशः सचिव– परशुराम बुढाथोकी, कोषाध्यक्ष– कृष्ण गुरुङ्ग र सदस्यहरुमा क्रमशः गणेश बोहरा, गोबिन्द पुन, राजकुमार खत्री, सुखबिर बि.क, डोम प्रसाद पौडेल र काशिराम पार्धे रहनु भएको छ ।

नयाँ दिल्ली, २९ जनवरी ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति अन्तर्गत रमेश नगर टोल समितिको पुनरगठन गरिएको छ । क्षेत्रीय समितिका कमल रायमाझी र नगर समितिका राम बहादुर थापाको विशेष उपस्थितिमा सम्पन्न भेलाले अंकित आत्रेयको अध्यक्षतामा टोल समिति गठन गरिएको हो ।

जसमाः उपाध्यक्ष– भूवन आले, सचिव– सञ्जय सुनार, सहसचिव– जित प्रसाद पौडेल, कोषाध्यक्ष– विष्णु सुनार रहेका छन् । त्यस्तै सदस्यमाः पूर्ण सुनार र मिन बहादुर विश्वकर्मा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here