मूल प्रवाहको संगठन निर्माण कार्य तिब्र

0
326

चण्डीगढ, २५ मार्च ।
यहाँ एकता समाजको नगर समितिद्वारा सञ्चालित मोहाली एरिया समितिको द्वितीय भेला सम्पन्न भएको छ । सन्तोष खनालको अध्यक्षतामा तथा लिलाबहादु विकको सञ्चालनबाट अगाडि बढेको सो भेलामा उपस्थित नेता कार्यकर्ताहरुलाई दामोदर उपाध्यायले स्वागत गरेका थिए । क्षेत्रीय सदस्य विनु कुमार नेपालीले दिप प्रज्वलित गरी भेलाको उद्घाटन गरेका थिए ।

भेलाले वालाराम न्यौंपानेको अध्यक्षतामा मोहाली एरिया समिति पुनरगठन गरेको छ । जसमा: उपाध्यक्ष– सन्तोष खनाल, सचिव– लिला विक, सहसचिव– विष्णु नेपाली, कोषाध्यक्ष– दामोदर उपाध्याय रहेका छन् । त्यस्तै सदस्यहरुमा खेतराम सुनार, चेतमान सुनार, धनबहादुर सुनार, वालाराम सुनार, वैकल्पिक सदस्यमा रोमबहादुर सुनार र डोरबहादुर केसी रहेका छन् । त्यस्तै भेलाले देवेन्द्र कुमार, रोमबहादुर परियार र प्रविन सुनारलाई सल्लाहकार चयन गरेको छ ।

नयाँ समितिको नामावली नगर सचिव खिमराज चालिसेले घोषणा गरिएका थिए । नवनिर्वाचित समितिलाई विनु नेपाली, खिमराज चालिसे, शोभादेवी न्यौपाने र खेतराम सुनारले बधाई तथा शुभकामना दिएका थिए ।

त्यस्तै सोही नगर समितिद्वारा सञ्चातिल मध्यसिटी एरिया समितिको पनि द्वितीय भेला सम्पन्न भएको छ । भेलाको अध्यक्षता किसन खनालले र सञ्चालन विष्णु वेल्वासेले गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई नारायण आचार्यले स्वागत गरे ।

भेलाको विधिवत उद्घाटन थमन थापाले गरेका थिए । सो भेलाले लक्ष्मण पाण्डेको अध्यक्षतामा मध्यसिटी एरिया समिति पुनरगठन गरेको छ । जसमा: उपाध्यक्ष– राम पंथी, सचिव– विष्णु वेल्वासे, सहसचिव– नारायण आचार्य, र कोषाध्यक्ष– पदम पान्डे रहेका छन् । त्यस्तै सदस्यहरुमा: वावुराम खनाल, सिमा आचार्य, किसन खनाल, सागर शर्मा, वैकल्पिक सदस्यमा: विष्णु विक र हरि नेपाली रहेका छन् । भेलाले मानबहादुर पुन, गोकुल शर्मा र विष्णु पाण्डेलाई सल्लाहकार चयन गरेको छ ।

नयाँ समितिको नामावली क्षेत्रीय सदस्य विनु नेपालीले घोषणा गरेका थिए । नयाँ समितिलाई लाली वेल्वासे, विष्णु विक, नगर सचिव खिमराज चालिसेले वधाई तथा शुभकामना दिएका थिए ।

चेन्नई दक्षिण,
यहाँ एकता समाज चेन्नई दक्षिण नगर समितिद्वारा सञ्चालित भडापलिनी एरिया समितिको दोश्रो भेला दुर्गा सुबेदीको सकृयता तथा नगर अध्यक्ष ज्योतिनारायण सुबेदी र शिबप्रसाद पन्थीको बिशेष उपस्थितिमा सम्पन्न भएको छ ।

दुर्गा सुबेदीले कार्यक्रम सञ्चालन तथा खगराज शर्माले कार्यक्रमको अध्यक्षता गरेका थिए । भेलामा सहभागिहरुलाई जितु नेपालीले स्वागत गरे ।

भेलाले प्रेमसागर सुवेदीको अध्यक्षतामा भडापलिनी एरिया समितिको पुनरगठन गरेको छ । जसमा: उपाध्यक्ष– जितु नेपाली, सचिब– मिनराज सुबेदी, सहसचिब– शालिकराम सुबेदी, कोषाध्यक्ष– खगराज शर्मा रहेका छन् । त्यस्तै सदस्यहरुमा: दुर्गा सुबेदी, बिना नेपाली, बैकल्पिक सदस्यमा: भोजलाल विक र आनन्द पाण्डे मगर रहेका छन् ।

नयाँ समितिलाई शिब पन्थी, ज्योतिनारायण सुबेदी, मिनराज सुबेदी, सालिकराम सुबेदी, भोजलाल बिक, आनन्द पाण्डे मगर लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

त्यस्तै सोही नगर समितिद्वारा सञ्चालित पोरुर एरिया समितिको एघारौ भेला गोरखराज रैकालको सकृयता र नगर अध्यक्ष ज्योतिनारायण सुबेदी, शिबप्रसाद पन्थीको बिशेष उपस्थितिमा सम्पन्न भएको छ । गोरख रैकाल को सञ्चालन तथा लक्ष्मीप्रसाद आचार्य अध्यक्षताबाट अगाडि बढेको भेलामा उपस्थितहरुलाई सेरबहादुर पार्किले स्वागत गरेका थिए ।

भेलाले सेरबहादुर पार्किको अध्यक्षतामा पोरुर एरिया समिति पुनरगठन गरेको छ । जसमा: उपाध्यक्ष– देबबहादुर बिक, सचिब– सूरज थापा, सहसचिव– दीपक रैकाल र कोषाध्यक्ष– धीरेन्द्र बिक रहेका छन् । त्यस्तै सदस्यमा: लक्ष्मीप्रसाद आचार्य, गोरख रैकाल, बैकल्पिक सदस्यमा, लक्ष्मण रैकाल र देऊराम रैकाल रहेका छन् ।

नयाँ समितिलाई शिब पन्थी, ज्योतिनारायण सुबेदी, देबबहादुर बिक, दीपक रैकाल र सूरज थापाले वधाई तथा शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here