मूल प्रवाहको शिमलामा नगर भेला सम्पन्न

0
341

शिमला, ३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत शिमला नगर समितिको भेला सम्पन्न भएको छ । भेला केन्द्रीय प्रतिनिधि धनवीर पुन मगरको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

राम सिंह पल्लीको अध्यक्षता तथा दुर्गा तमाङको सञ्चालनबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई सितल चन्दले स्वागत गर्नुभएको थियो । भेलाले रामसिंह पल्लीको अध्यक्षतामा ७ पूर्ण, ३ वैकल्पिक ५ सल्लाहकार गरि १५ सदस्यीय शिमला नगर समिति पुनरगठन गरिएको छ । जसमा: उपाध्यक्ष– राजेश बुढा, सचिव– दुर्गा तमाङ, सहसचिव– सितल चन्द र कोषाध्यक्ष– हेमन्त बुढाथोकी रहेका छन् । त्यस्तै सदस्यमा: नारायण शाह, खेम सिंह पुन, वैकल्पिक सदस्यमा: अनिता बुढा, यमकुमारी तमाङ र अनिता घर्ति रहेका छन् । त्यस्तै भेलाले सल्लाहकारमा विरु बुढा, मानसिंह थापा, गणेश रावत, शंकर सिंह, सिता र श्याम्पल तमाङलाई चयन गरेको छ ।

नयाँ समितिलाई केन्द्रीय सल्लाहकार नेत्र गुरुङ, राज्य समितिका भूवन केसी र सिताराम बुढाले बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here