मूल प्रवाहको नगर सम्मेलन अभियान शुरु

0
436
नयाँ दिल्ली । भारतस्थित श्रमजिवी नेपालीहरु बीच स्थापित सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर सम्मेलन अभियान आजबाट शुरु भएको छ ।
‘राष्ट्रियतको रक्षा गरौं, भारतस्थित नेपालीहरुको सुरक्षा गरौं, आ–आफ्नो स्थानबाट मताधिकार र संसदमा प्रतिनिधित्वको आवाज सहित नगर सम्मेलन अभियान सफल पारौं’ भन्ने मूल नारा अन्तर्गत मूल प्रवाहले नगर सम्मेलन अभियान शुरु गरेको छ ।
सम्मेलनको उद्घाटन अभियान आज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत हिसार नगर समितिको १५ औं र पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत फरीदावादको १८ औं सम्मेलन उद्घाटन सँगै शुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here