मूल प्रवाहको एरिया समिति गठन

0
212
बेंगलोर उत्तर, १४ अक्टोबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समिति अन्तर्गत एचवीआर ल्याआउटमा राम सिंह जिएमको पहल तथा विवि थापाको विशेष उपस्थितिमा एरिया समिति गठन गरिएको छ । राम बहादुर चन्दको अध्यक्षतामा गठन गरिएको सो एरिया समितिमा उपाध्यक्ष– बुद्ध वम, सचिव– अकदेव भट्टराई, सहसचिव– प्रकाश चौधरी, कोषाध्यक्ष– लालमणी भट्ट रहेका थिए ।
त्यस्तै सदस्यहरुमा देवराज अहिर, मनोज रोकाय, नविन राना, जयसिंह धामी, वैकल्पिक सदस्यमाः नरेन्द्र मौनी, रामसिंह जिएम, निप हमाल र एक स्था रिक्त रहेको छ । त्यस्तै भेलाले सल्लाहकारको दुई स्थान पनि रिक्त राखेको छ ।
समितिका सम्पूर्ण सदस्यहरुलाई रामसिंह जिएम र विवि थापाले प्रशिक्षण दिनुभएको थियो । समाजको सदस्यता प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here