मूल प्रवाहका कार्यकर्ता भन्छन्: दरको महत्व छैन

0
532

चंडीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ नगर समितिद्धारा संचालित इन्डस्ट्रीयल एरिया अन्तर्गत सेक्टर २८ टोल समितीको आयोजनामा तीजको दरखाने दिनलाई प्रगतिशील रुपांतरण गर्दै प्रशिक्षण क्लास र प्रगतिशील तीज गित नृत्य सहित सामुहिक भोजन कार्यक्रम सम्पन्न पारेको छ ।

समाजका केन्द्रीय सदस्य दिनेश खडका प्रमुख अतिथि रहेको सो कार्यक्रम लक्ष्मी अधिकारीको सञ्चालनमा सीमा खडकाको अध्यक्षतामा तथा सरस्वता भुसालको स्वागतमा सम्पन्न भएको थियो । रात्रि करिव १ वजेसम्म चलेको कार्यक्रममा केन्द्रीय सदस्य दिनेश खडकाले मूल प्रवाहको वारे, नेपाली समाचारका सम्वाददाता खिमराज चालिसेले तीज पर्वबारे र महिला क्षेत्रीय सचिव जुना चालिसेले तिजी गित नृत्य प्रस्तुत गरि कार्यक्रमलाई उत्साह पुर्वक सम्पन्न गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here