“मूलप्रवाह प्रवासी नेपालीहरुको सुखदुःखको साथी बनेको छ” – पौडेल

0
208

मुम्वई, भारत । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव प्रेम पौडेलले मूलप्रवाहले भारतका विभिन्न ठाउँमा रहेका नेपाली दाजुभाइ दिदीवहीनीहरुहरुको हरेक समस्याहरुसंग एकाकार हुँदै सदैव उनीहरुको साथ सहयोगमा क्रियाशील रहेको उल्लेख गर्दै साँचो अर्थमा प्रवासी नेपालीहरुको सुखदुःखको साथी भएको बताएका छन ।

मूलप्रवाह मुम्बई नगर समिति अन्तर्गत पर्ने दादर एरियाको भेलालाई सम्बोधन गर्दै केन्द्रीय सचिव पौडेलले उक्त कुरा बताएका हुन । भेलामा केन्द्रीय सदस्य ईन्द्र भेटवाल, गोविन्द थापा, क्षेत्रिय उपाध्यक्ष टंक कुँवरको पनि उपस्थिति रहेको थियो ।

भेलाले कृष्ण खत्रीको अध्यक्षतामा १७ सदस्यीय एरिया समिति समेत गठन गरेको छ । यसैगरी समितिको उपाध्यक्षमा हेम थापा, सचिवमा केशव थापा, सहसचिवमा निर्मला परियार, कोषाध्यक्षमा भिम जिसीलाई चयन गरेको छ । साथै सदस्यहरुमा हरि महत, रामु आचार्य, सेती परियार, हुम बहादुर परियार, शुरेश बहादुर जिसी, राजु बहादुर विसी, सुरज विसी, कृष्ण थापा, राम आचार्य र हुमा जिसी चयन भएका छन् ।

कृष्ण खत्रीको सभापतित्वमा सम्पन्न उक्त भेलाको संचालन केशव थापा र स्वागत हेम थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here