मूलप्रवाहद्वारा भारतका विभिन्न स्थानमा मइ दिवश मनाइयो

0
134

खिमराज चालिसे

चंडीगढ, १ मई । मुलप्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समितीद्धारा संचालित चंडीगढ नगर समितीको आयोजनामा १ मईको मजदुरहरुको महान पर्व १३०औ अन्तर्राष्ट्रीय श्रमिक दिवश को कार्यक्रम सेक्टर २८ चंडीगढको मसाल चौकमा भव्य र शानदार रुपमा सम्पन्न गरिएको छ ।

नगर सचिव तेज वहादुर रोकाको संचालन मा तथा नगर अध्यक्ष मान व केसीको अध्यक्षतामा सम्पन्न समारोह मा विभिन्न अतिथिहरूको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती एकमिनटको मौनधारण पश्चात रक्तिमका कलाकार तथा थानेश्वर पान्डेले स्वागत गर्नुभयको थियो।

हजारौ श्रमजीवी मेहनतकश मजदुरहरुले रगतको आहुति दिएर पाएको अधिकार खोसिएको वर्तमान अवश्था र स्वयं मजदुरहरु निम्नपुजीवादी चरित्रको शिकार भइरहेको संरचना मा अन्तर्राष्ट्रीय रुपमै मजदुर एकता र आन्दोलन को महत्व वारे चर्चागर्दै विचार राख्ने वक्ताहरुमा मुलप्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार, तिलक पौडवाल, मुलप्रवाह क्षेत्रीय सदस्य एंव महिला क्षेत्रीय सचिव जुना चालिसे, क्षेत्रीय सदस्य प्रेम आचार्य, नेपाली समाचारका सम्वाददाता खिमराज चालिसे,जनजाति विभागका, थमन थापा, महिला क्षेत्रीय विभागकी, सिमा खडका, महिला नगर विभागवाट, जमुना खनाल, लक्ष्मी अधिकारी, विध्यार्थी विभागका क्षेत्रीय अध्यक्ष माधव पोख्रेल, नगरका राम पंथी, रक्तिम विभागका, वेगम कुवर, समता विभागका, दिनेश विक, लगाएत हुनुहुन्थ्यो।

संगरुर (पंजाब) १ मई । मुलप्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समितीद्धारा संचालित संगरूर नगर समितीको आयोजनामा ०१ मईको १३०औ अन्तर्राष्ट्रीय श्रमिक दिवश को कार्यक्रम भव्य र शानदार रुपमा सम्पन्न गरिएको छ ।

राजु खनालको संचालन तथा लक्ष्मी पान्डेको अध्यक्षतामा सम्पन्न समारोहमा विभिन्न अतिथिहरूको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती एक मिनटको मौनधारण पश्चात मजदूर दिवशको महत्व वारे प्रकाश पार्दै वोल्ने वक्ताहरुमा सुदुरपश्चिमोत्तर क्षेत्रीय समितीका सदस्य खेमराज पोख्रेल, नगर उपाध्यक्ष नारायण भुसाल, महिला विभागका संगिता परियार, सरिता भुसाल, लक्ष्मी विष्ट , शिला खनाल, नगर समितीका -राम प्रसाद खनाल, लीलाराम पान्डे र जीवन आचार्य लगाएत हुनुहुन्थ्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here