मूलप्रवाहद्वारा कार्यकर्ताको सम्मान तथा विदाई

0
95

खिमराज चालिसे

रोपड पंजाब/ मुलप्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती रोपडको आयोजनामा कार्यकर्ता सम्मान तथा विदाइ समारोह सम्पन्न भएको छ । कार्यक्रममा जनजाति विभागका सदस्य एवं रक्तिमको इकाई अध्यक्ष भिम वहादुर गुरुङ र एरिया समितीका सदस्य हर्क बहादुर गुरुङलाई सम्मान गरिएको थियो । साथै वहाँहरुले हालसम्म मूलप्रवाहमा आवद्ध रहेर पुर्याउनुभएको योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रममा मुलप्रवाहका केन्द्रित सदस्य एवं क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, महिला विभागकि क्षेत्रीय अध्यक्ष सिता सापकोटा, जनजाति सम्मेलनका क्षेत्रीय सदस्य विल वहादुर गुरुङ, रक्तिमका क्षेत्रीय अध्यक्ष मनकाजी गुरुङ, अखिल नेपाल महिला संघ नवलपुर सदस्य सोभादेवि सापकोटा, लक्ष्मी गुरुङ र मुलप्रवाहका सदस्य तारा वहादुर थापाले बधाई तथा शुभकामना मन्तब्य राखेका थिए ।

समितिका वरिष्ठ सदस्य छविलाल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगर सचिव विष्णु गुरुङ र स्वागत प्रजापति सापकोटाले गरेका थिए । कार्यक्रममा शहीदहरु प्रति एक मिनट मौनधारण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here