मुस्ताङमा भएको दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति चित्र बहादुर केसीद्वारा श्रद्धान्जली

0
359

असार २४, काठमाडौं । २०७५ असार २२ गते शुक्रबार मजदुर बोकेको टिपर दुर्घटना हुँदा उपल्लो मुस्ताङको लो घ्याकर दामोदरकुण्ड गाउँपालिका–३ को स्याङ्बोचेमा २० जनाको मृत्यु भएको छ भने कैयन घाइते भएका छन् । मृतकहरुप्रति राष्ट्रिय जनमोर्चाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । पार्टी अध्यक्ष चित्र बहादुर केसीद्वारा जारी विज्ञप्ती मार्फत दुर्घटनामा घाइते भएका सम्पूर्ण व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

अध्यक्ष केसीले विज्ञप्तीमा “नेपालको यातायात क्षेत्रमा प्राय हुने दुर्घटनाहरु चालकको लापरबाहीको कारणले हुने गर्दछ । मुस्ताङमा भएको दुर्घटना पनि त्यसैको एउटा कारण हो ।” बताउनु भएको छ “सामान ढुवानीको लागि प्रयोग हुनुपर्ने टिपरमा मानिसहरु ओसार पसारमा प्रयोग हुनु निन्दनीय छ ।” राष्ट्रिय जनमोर्चाले यस दु:खद क्षणमा घाइतेको उपचार र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको लागि सरकारसँग माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here