मुम्बईको पालघरमा एक नेपालीको हत्या

0
1251
पालघर, ११ जुन । स्वदेशमा रोजगारीको अभावमा भारत प्रवास आई मासु पसलमा काम गर्दै आएका मोरङका एक नेपाली श्रमिकको मुम्बई नजिक रहेको पालघरस्थित नौलीफाटा भन्ने ठाउमा  हत्या भएको समाचार छ ।
प्राप्त समाचार अनुसार गत १८ वर्षदेखि उनी पालघरमा कुखुराको मासु पसलमा काम गर्दै आएका थिए । अन्दाजी ४२ वर्षीय राजकुमार थापा उर्फ सुब्बेको गए राती हत्या भएको समाचार स्थानीय पुलीस प्रशासनले पुष्टि गरेको छ ।
स्थानीय घटनाको छानविनमा रहेका पुलीसक्रमीहरुका अनुसार मृतक राजकुमार थापा मोरङ शान्तिनगर शिवचौक निवासी भएको जानकारी खुल्न आएको छ । छानविनका दौरानमा स्थानीय एकजनालाई शंकाको दायरा लिइएको बताइएको छ ।
घटना स्थलमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष टंक कुँवरको नेतृत्वमा बोम सिंजापति, ज्ञानप्रसाद भट्टराई, तेजलाल न्यौंपाने, लोकमणी पाण्डे, खड्क राई सहितको प्रतिनिधि मण्डल घटना स्थलमा पुगी प्रशासन समक्ष निस्पक्ष छाविनका लागि दबाब दिएको जानकारी प्राप्त भएको छ ।
हालसम्म मृतक राजकुमारको आफन्तजन सम्पर्कमा नआएको टंक कुँवरले हामीलाई टेलिफोन मार्फत जानकारी दिएका छन् । चिन्नु हुने जो कोहिले पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष टंक कुँवरको टेलिफोन ९०४९३६५०५३ मा सम्पर्क गरि आफन्त अथवा नेपाल घर सम्म सम्पर्क गराइदिनु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here