‘मिलाप कि विलाप’

0
116
– गोविन्दप्रसाद आचार्य
नरोक वेग जाउ है झिकेर सान तेजको !
नराख रात फाल है शोभा भएन देशको !!
तलै छ देश मासमा झनै त भाँसिंदै गयो !
झनै यो रात लम्बिए यो देश नासिँदै गयो !!
कुरा चपाउँदै गए मिलाप हुन्न जान यो !
छ भित्र दाग केही भने विलाप जान्न जान यो !!
नजिस्क निस्क रात भो नेपाल तातिंदै उठोस् !
हरेक हात हातमा मसाल सल्किंदै बलोस् !!
न नाम होस् निसान होस् यो काल तन्त्रको कतै !
नराख राख्नु हुन्न यो बेकाम तन्त्र यो कतै !!
समस्त विश्वले बोल्यो दबेर हुन्न जान यो !
सचेत युगले बोल्यो पुजेर हुन्न जान यो !!
चमक्क चम्किंदै बढ लमक्क लम्किंदै बढ !
टलक्क टल्किँदै बढ गड्याङ गर्जिदै बढ !!
बेला गएछ पर्खिदा कुरा सुनेर तर्सिंदा !
यो देश नासिंदै गयो सुनेर बाघ गर्जिदा !!
मिलाउ देश तेज लौ हरेक रक्त धारमा !
यो देश झन्किंदै भननन् तार तरमा !!
टलक्क टल्किए छुरा सुनिन्न् जालोका कुरा !
भाषा बोलेर के भयो सुनिन्न पातको कुरा !!
हरेक कान कानमा स्वतन्त्रता सुनाउ है !
हरेक धुन धुनमा स्वतन्त्रता बजाउ है !!
लमक्क देश लम्कियो सुनेन छट्टुका कुरा !
नसुन्न मिल्छ जान है यो बाँजतन्त्रका कुरा !!
इमान मासिंदै गयो यो देश भासिंदै गयो !
विमान फैलिंदै गयो यो देश ताछिंदै गयो !!
बेहोसमा छ देश यो चुसेर बाजतन्त्रले !
नशा फोरेछ देशको हराम बाजतन्त्रले !!
गरेर नक्कली कुरा यो देश लुट्न पल्कियो !
नरोक बढ्छ जान्छ यो समस्त देश सल्कियो !!
हिमाल फाँट लम्किएर यो बाज तन्त्र थर्कियो !
गरेर जोड हान है यो बाज तन्त्र चर्कियो !!
बोलेर मात्र हुन्न है पोलेर फाल्नु पर्छ यो !
पिलो समान चर्कियो खोलेर फाल्नुपर्छ यो !!
छ आँटभित्र डर भने पखाली आउ लौ छिटो !
अझै छ भित्र तुष भने मेटाई आउ लौ छिटो !!
नगर्नु बातका कुरा धोका हजार भई दियो !
समस्त बार फाल है भनेर देश लम्कियो !!
नछेक जान्छ बढ्छ यो जितेर मात्र फिर्छ यो !
यो बाज तन्त्र उल्टियो यो लोकतन्त्र दिन्छ यो !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here