माफियातन्त्र कि गणतान्त्रिक लोकतन्त्र

0
319

शशिधर भण्डारी
मेरो देशको भू माफियाले
कौडीको मूल्यमा
मेरो उर्वर भूखण्ड कब्जा गरेको छ
मेरा बाले बासमती धान झुलाउने
त्यो सानो भूगोलमा
कङक्रिटको बिस्कुन सुकाएको छ
मेरो सानो उर्वर भूषण ढुङ्गा बनेर पल्टेको छ
म बगरमा उत्तानो परेको छु
भद्र मेरो सरकार
दक्षिणी साहुसँग दाल चामलको भिख मागिरहेको छ ।

स्वास्थ माफियाले सर्लक्क निलेको मेरो देशमा
निजी अस्पतालका महलहरु ठडिएका छन्
मैले मेरो पिता र पुत्रलाई औषधिमुलो गर्न सकिनँ
त्यसैले बिहान सबेरै मत्र्यलोकबाट बिदाइ गरे
दुई बच्चा सिटामोल नपाएर दम्म पल्टिरहेका छन्
देशको ढुकुटीमा ब्रह्मलुट मच्चाएर नेताहरु
रुघा लाग्दा विदेशतिर उडिरहेका छन्
म बगरमा पल्टेर ट्वाँ परेर हेरिरहेको छु ।

शैक्षिक माफियाहरुसले ढाड सेकेको मेरा देशमा
निजी विद्यालयका महलहरु ठडिएका छन्
म मेरा सन्ततिलाई दोस्रो दर्जा दिन विवश छु
किनभने सन्ततिलाई त्यहाँ पुर्‍याउने मेरो सामथ्र्य भएन
मेरा बााचेका सन्तति भारत र खाडीका लाहुरे भएका छन्
म बगरमा पल्टेर दिन गनेर बसिरहेको छु ।

मानव तष्करहरुको नाइके मेरा देशको मन्त्री
विदेशमा श्रम सम्झौता गरो भनेर
नाक फुलाएर विराजमान भएर पो बसेको छ
यो माफिया तन्त्र हो कि लोकतान्त्रिक गणतन्त्र ?
हाम्रो संसद मौन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here