मानसामा नगर भेला सम्पन्न

0
175

मानसा, ८ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत पञ्जाबको मानसामा नगर भेला सम्पन्न गरिएको छ ।

लक्ष्मण विकद्वारा कार्यक्रम संचालन तथा कृष्ण नेपालीको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौनधारण पछि शंकर न्यौंपानेले स्वागत गरेका थिए ।

भेलाको उदघाटन केन्द्रीय सदस्य कृष्ण जिसीले गर्नू भयो । सो भेलाले कृष्ण नेपालीको अध्यक्षतामा मानसा नगर समिति गठन गरेको छ । जस्माः उपाथ्यक्ष– विष्षु नेपाली, सचिव– लक्ष्मण विक, सहसचिव– हरि प्रसाद पोखरेल र कोषाध्यक्ष– शंकर न्यौपाने रहेका छन् । त्यस्तै सदस्यहरुमा सुरेश पोख्रेल, वसन्त अधिकारी, हुकुम थापा, नारायण हिताङ, डोरबहादुर, नरेन्द्र वस्नेत वैकल्पिक सदस्यहरुमाः सन्तराम केसी, लालु भारती र धर्म नेपाली रहेका छन् । त्यस्तै भेलाले खडक सिहं विक, सेतुलाल गिरी र शिव प्रसाद पोखरेललाई सल्लाहकार चयन गरेको छ ।

नवगठित समितिका कार्यकारणीहरुलाई कृष्ण जीसी, विष्णु नेपाली, हरि प्रसाद पोखरेल लगायतले बधाई दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here