मातृभाषाबारे विचारगोष्ठी सम्पन्न

0
165

काठमाडौं । कर्तव्य फाउन्डेसनको आयोजना र भिएसओ नेपालको सहकार्यमा २०७५ साउन २६ गते “नेपालमा मातृभाषा शिक्षा कार्यान्वयनका अवस्था ः चुनौती र सम्भावनाहरु” विषयक विचारगोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्व उपकुलपति बैरागी काइलाको प्रमुख आतिथ्यता र भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको विशिष्ट आतिथ्यतामा सो गोष्ठी सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बैरागी काइलाले भातृभाषालाई मर्न नदिन हामी स्वयंले आफ्नो घरपरिवारभित्र प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । सरकारले मातृभाषाको शिक्षालाई प्राथमिकतामा राखेर पाठ्यक्रम निर्माण गर्नु पर्ने र विभिन्न भाषा सम्बन्धी विचारगोष्ठीहरु पनि गरिरहनु पर्नेमा उहाँले जोड दिनु भएको थियो । विशिष्ट अतिथि अवस्थीले “नेपालको सन्दर्भमा मातृभाषा एकदम नया“ अभ्यासको सुरुवात भएको बताउनु भयो । यसलाई विस्तारित गर्नु पर्दछ । “संविधानले मातृभाषा शिक्षा विषयलाई समेटेको छ, अब यो स्थानीय सरकारतिर उन्मुख हुनुपर्दछ” उहाँले भन्नु भयो– “यसको जिम्मा स्थानीय सरकारलाई दिनु पर्दछ ।” कार्यक्रममा शिक्षाविद प्रा.डा. विद्यानाथ कोइराला, प्रदिप बम्जन, पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि पुरुषोत्तम घिमिरे लगायतका अतिथिहरुले समेत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । एउटा कार्यपत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरकी प्रमुख सुशीला शाहले प्रस्तुत गर्नु भएको थियो भने अर्को कार्यपत्र भाषाविद अमृत योञ्जनले गर्नु भएको थियो । सो कार्यक्रममा फ्लोरबाट सोमनाथ निरौला, दिपक तुलाधर, गोपाल तामाङ, दिल प्रसाद मगर, उदय लामा, चत्रुर्भुुज केवरथ र लोक बहादुर लोप्चनले आफ्नो भनाइहरु राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष निष्नु थिङको अध्यक्षता रहेको थियो । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष शक्ति लामाको रहेको थियो भने कार्यक्रम सञ्चालन संस्थाकी सहसचिव युगला प्रसाईले गर्नुभएको थियो । कार्यक्रममा संस्थाकी संस्थापक सदस्य ज्वाला याम्फूले भिएसओको बारेमा प्रकाश पार्नु भएको थियो । – शोभा नेपाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here