माडुरोको पक्षमा तथा साम्राज्यवादको विरुद्धमा मसाल

0
413

माघ ११, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा भ्रत्सना गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ती जारी गर्दै मडुराको अमेरिकन साम्राज्यवादका विरुद्धको अडान तथा समाजवाद र आफ्नो देशको राष्ट्रियताका पक्षमा अपनाएको नीतिलाई दृढतापूर्वक समर्थन गर्नुभएको छ ।

माडुरो जनताद्वारा निवार्चित राष्ट्रपछि हुन् । उनले सुरुदेखि नै अमेरिकन साम्राज्यवादका विरुद्ध अडान लिंदै आएका थिए र आफ्नो देशमा समाजवादी प्रकारका नीतिहरू लागू गर्दै आएका थिए । त्यस प्रकारका नीतिहरूका कारणले नै अमेरिकाले भेनेजुएला र त्यहाँका राष्ट्रपतिका विरुद्ध सत्रुतापूर्ण र आक्रमक नीति अपनाउँदै आएको थियो । त्यही क्रममा नै अहिले एउटा कठपुतली राष्ट्रपतिलाई खडा गरेर अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई अपदस्थ गर्ने दुस्साहस गरेको छ । त्यसले पहिले पनि धेरैपल्ट त्यस प्रकारको प्रयत्न गर्दै आएको थियो र ती सबै असफल हुँदै आएका थिए । त्यसअनुसार अहिले पनि उसको प्रयत्न असफल हुनेछ भन्ने कुरा निश्चित छ ।

अन्तमा नेकपा (मसाल) ले भेनेजुएलाका जनता र त्यहाँका राष्ट्रपति मडुराको अमेरिकन साम्राज्यवादका विरुद्धको अडान तथा समाजवाद र आफ्नो देशको राष्ट्रियताका पक्षमा अपनाएको नीतिलाई दृढतापूर्वक समर्थन गरेको छ । भेनेजुएकाका जनताका अमेरिकन साम्राज्यवादका विरुद्धको सङ्घर्षमा पनि नेपाल कम्यूनिष्ट पार्टी (मसाल)ले ऐक्यवद्धता प्रकट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here