माटोको सुगन्ध

0
182
  • बुद्धिराम गैरे

माटोको कुरा सुन्दा हुन्छ निकै सन्तोष मन
गुलिया कुरा जनतामा चलाउँदै झन झन्
बतास पनि मोहक लाग्छ सुगन्ध छ माटोमा
यही माटोमा टेकी बढौा उन्नतिको बाटोमा

राज्य आतङ्क मच्चाउँदै सत्ताको मोह बेस्सरी
यत्रतत्र जनताको भिडमा सबै दिन त्यहाँ यसरी
आफ्नै घरका धन्सारबाट दिएसरि यहाा चयन
जातिपिच्छे राज्य बााडिन्छन् अंश कहाँ हुनु नयन

जनताले देशको कानुन बनाउन भनी पठाएका
विचार नगरी जनमतको जनतालाई सताएका
गासबासका झुटा नारा गरिब उकास्ने भाका
पहिलाभन्दा अरु पीडा कम्लरी सुधार्न पाका

बस्छन् देशका नामधारी सुकुम्बासी महलमा
सर्वहाराको उन्नति हुन्छ कसको पहलमा
यहाा ता तारे होटल रिसोर्टहरु कसका अंश
जनताको पसिनामा लागे यी सुधार्न वंश

पुाजी जोर्न उन्मत्तहरु मिलाएर चााजोपााजो
देशै सुधार्न भनी गएका उल्टै हाल्छन् भााजो
भएका नाता–कुटुम्बका नाममा थुपारी सम्पत्ति
परिश्रमीको पसिना राज्यको ढुकुटी पारेर क्षति

आदर्श छााट्न भीड बोलाई गर्दै चर्का भाषण
क्रान्तिलाई भ्रान्तिमा बदली गर्दै नयाँ शासन
सामन्ती राज्यसत्ता भन्दा अझ बढ्तै विडम्बना
यो भन्दा तै उत्तम हुन्थ्यो अझ नयाँ सम्भावना

भाइबन्धु इष्टमित्रबीचमा साटिन्थे दु:ख खुशी
कहाँ थियो चलन युवा पलायन बनाउने नीति
थुप्रै जाति जनजातिबीचमा भएन कलह यहाा
हाम्रो पुरुषार्थले प्रसय पाउँथे संसारमा जहाँ

वीरको गाथामा कालो धब्बा लाउनेलाई भीड
बनाउने भन्दा बिगार्नेहरु उच्च पार्दै शिर
प्रभुको स्तुतिमा लाग्नेको भीड छ जहाँतहाा
सर्पलाई दूध खुवाउनु व्यर्थ हो जाने यहाा

खति ता हुने नै भयो नजान्नेलाई दिएपछि
आहुतिले मात्र पुग्दैन धोकेबाज जागेपछि
को हो अब देशको सच्चा बागडोर समाउने
गुमेको भूमि गुमिसक्यो बााकी रहेको बचाउने

चासो राख्ने सुकुम्बासी कम्लरी भएका नियति
वर्गको हितमा लाग्नेले बदला लिनु पर्छ गनी गनी
रक्तपात पुन: नदोहोरिकन हुँदैन शान्ति यहाा हाम्रो
मार्न पर्छ विषालु सर्पहरु खोजी जहाँतहाा बल हाम्रो

क्रान्ति बिनाका शान्तिका सपना हुन्छन् अधुरा सधौ
माले साधुको भीडभाड छ राष्ट्रमा चिन्न सके अझै
जनताको मतको कदर कहिल्यै भएन यो देशमा
अलमल पारी सधौ जनता ठगिन्छन् त्यै भेषमा

यस्तै हुनाले हिउँचुलीमा देखिन्छन् कालापत्थर
प्रकृतिसँग को लड्न सक्थ्यो र बनाएर मत्थर
अब नदी पनि कुनै दिन बग्ने छोड्ने छन् हेर
गुराासका बगानमा आगो सल्काउन के बेर

पेउली पलास चारैतिर वासनाहीन गराई
जलप मात्र धातुमा चम्किला चलन चलाई
निर्माण विधिका स्रष्टा आध्यारामा लुकेका
देख्नै नपरोस् कहिल्यै पनि गुराासहरु सुकेका

वासना बिनाका जलपहरु देशमा देखी यत्रतत्र
डााफे चौारीका चरन मास्नेको बोलबाला सर्वत्र
यस्तो विजोग विखण्डित के देख्नु मैले पर्‍यो
मनका चाहना देश बनाउने अहिले अलपत्र पार्‍यो

हिंसाले बिना सित्तैमा गर्नुसम्म नगरेको कहाँ छ र
आफ्ना बन्धुबान्धवहरुमा रुवाइ धरधर
देश बनाउन भनी मान्छेको बलि नदिएको कहाँ हो र ?
शीरको स्युँदो पुछियो दूधेबालक टुहुरा नभएको हैन र ?

उदाए उज्याला तारा जनका नेपालीका सपुत
दिदै शिक्षा सबका घरमा तब आफै नै भई आहुत
बहादुरीसाथ देशका बैरीसामु लडे सामन्तसित
आजाद बनाउन सारा देशमा गर्दै हाम्रो हित्तचित्त

थापी जनगणतन्त्रका मत छताछुल्ल बनाई
सबका मन–मस्तिष्कका काला दागहरु पखाली
सनही, ढोलक, मादल, दमाहा अनेकतामा एकता
बनाउँ सबै समान यिनमा नभेद जातिभेदका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here