राष्ट्रिय जनमोर्चा सरकारको गलत क्रियाकलापको विरुद्धमा उत्रने

0
341
फाइल फाेटाे

पौष ३०, बुटवल । राष्ट्रिय जनमोर्चाले “संघीयता, राष्ट्रिय विखण्डन र प्रतिगमनको खतराका विरुद्ध संघर्ष गरौं ! महंगी, भ्रष्टाचार, हत्या, हिंसा र वलात्कारको अन्त्य गरौं !!” भन्ने मूल नारा अन्तर्गत माघ १९ गते देशव्यापी विरोध सभा सम्पन्ने गर्ने भएको छ । “देशमा भ्रष्टाचार, कमिशनतन्त्र, महंगी, करवृद्धि, हत्या, हिंसा, बलात्कार, दण्डहीनता, जनशक्तिको विदेश पलायन, अर्थतन्त्र, सामाजिक सुरक्षाको स्थितिमा सुधार भएको छैन ।” बैठक पछि पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी प्रेस विज्ञप्तीमा भन्नुभएको छ– “अर्थात जनताले अनुभूत हुनेगरी सरकारले काम गर्न सकेको छैन । त्यसैले उपरोक्त कुराहरुको विरोधमा आगामी माघ १९ गते देशव्यापी जिल्लास्तरमा विरोध सभाहरु गर्ने निर्णय भएको छ ।”

पुस २७ र २८ गते बुटवलमा भएको पार्टीको प्रथम राष्ट्रिय परिषद बैठकको निर्णयमा भनिएको छ ‘सरकारको नागरिकता नीति खुकुलो पार्ने प्रस्तावित राष्ट्रहित विरोधी नागरिकता विधेयकको यो बैठकले विरोध गर्दछ र त्यसलाई संसदमा प्रस्तुत नगर्न सरकारसँग जोडदार माग गर्दछ ।’

राष्ट्रिय जनमोर्चाले देशमा गैर नेपाली जनसंख्या थपिदै गएको भन्दै अहिलेको जस्तो लचिलो अवस्थामा नागरिकता विधेयक संसदमा प्रस्तुत नगर्न माग गरेको छ । गैर नेपाली नागरिकले तराईमा समस्या खडा गर्न थालेको भन्दै जनमोर्चाले नागरिकता नीति खुकुलो नपार्न आग्रह गरेको छ ।

जनमोर्चाले प्रदेश २ मा पहाडी जिल्ला पनि मिसाउन माग गरेको छ । उक्त प्रदेशमा पहाडी र हिमाली क्षेत्रका श्रोत–साधन उपलब्ध नभएको र भारतीय विस्तारवाद र राष्ट्र विखण्डनकारी तत्वहरुलाई राष्ट्र विखण्डनको आधार क्षेत्र भएको भन्दै पहाडी जिल्ला मिसाउन माग गरेको हो । त्यस्तै माथिल्लो कर्णाली जलविद्युत परियोजना तथा अरुण तेस्रो जलविद्युत परियोजना भारतीय कम्पनीलाई नदिन पनि माग गरिएको छ ।

प्रस्तुत छ विज्ञप्तीको पूर्णपाठः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here