माओवादी केन्द्रको विस्तारित बैठक सम्पन्न

0
101

ललितपुर, १८ पौष । आज दिउासो सम्पन्न नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारिक बैठकले पार्टी एकताका लागि आम जनताले अनुमोदन गरिसकेकाले ठहर गरेको छ । जनताले अनुमोदन गरेको भन्दै पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने निर्णय समेत गरेको छ ।
पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको थियो ।
बैठकले नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्ऽ पौडेल र सुनिल मानन्धर रहेका छन् ।
बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । जसमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here