माओका बिचारलाई व्यवहारमा परिणत गरौं

0
559

हैदरावाद उत्तर । मध्य दक्षिण क्षेत्रीय समितिका सहसचिव राम प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न १२५ औं माओ जयन्ती समारोह सम्पन्न भएको छ । सर्बहारा बर्गको मुक्तिका लागि माओले प्रतिपादन गरेका कृतिलाई आत्मसात गर्दै व्यबहारमा परिणत गर्न सके मात्रै माओजयन्ति मनाउनुको सार्थकता रहने पौडेलको कथन थियो । पौडेलले थपे “आफुलाई कम्युनिस्ट बताउनेहरुले माओले तयार पारेका थेसिसहरुको नै धज्जीया उडाउनेहरुबट सर्बहारा बर्गको हकहितमा काम हुन सक्दैन । व्यबहार र सिद्धान्त बिचको योगफलमा नै कम्युनिस्टको भबिष्य निहितार्थ रहन्छ ।”
सिद्धान्त संगै व्यबहारलाई अघि बडाई नौलो समाजको स्थापना गर्नु नै माओले देखाएको बाटो रहेको र त्यो बाटो निकै कष्ट कर र पिडादायी रहेता पनि गन्तव्य उज्ज्वल रहेको पौडेलले बताए । सो कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत उत्तर हैदराबाद नगर समितिको आयोजनामा सम्पन्न भएको थियो ।
कार्यक्रममा क्षेत्रीय समतिका कोषाध्यक्ष मनोहर पौडेल, सदस्य सुर्य बहादुर थापा र लालबहादुर थापाले पनि मन्तव्य दिनु भएको थियो । कार्यक्रममा जनमोर्चा कि सदस्य कृष्ण कला पाध्याको आतिथ्यता रहेको थियो ।
का. माओको फोटोमा माल्यार्पण गर्दै सम्पुर्ण अतिथी र सहभागीहरुले माओको योगदानलाई आत्मसात गर्नुपर्ने कुराको स्मरण गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन मोहनलाल शर्माले र अध्यक्षता धन बहादुर थापा गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई मिना आचार्यले मन्तव्यबाट स्वागत गर्नु भएको थियो ।
नयाँ दिल्ली ।
तिलक खनालको अध्यक्षता तथा दिपक भुसालको सञ्चालनबाट अगाडि बढेको कार्यक्रममा ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेटको मौन धारण पश्चात् शिव केसीले स्वागत मन्तव्यबाट अगाडि बढेको माओ दिवस समारोमा महिला क्षेत्रीय विभागकि शारदा पौडेल खनाल, अखिल भारत नेपाली विद्यार्थी संघ क्षेत्रीय समितिकि निशा खनाल तथा मदन भुसालको पनि उपस्थित रहेको थियो ।
केन्द्रीय सदस्य ठाकुर खनालले कामरेड माओको योगदान तथा नेपालको सन्दर्भमा माओ बिचारधाराको प्रयोगको आवश्यकता बारे प्रकाश पार्नु भयो ।
पाण्डेचेरी ।
नगर समिति पाण्डीचेरीको आयोजनामा सर्वहारा बर्गका महान नेता का. माओत्सेतुङको १२५औं दिवश भब्यरुपमा सम्पन्न भयो । नगर सचिव जनकराज पौडेलको सञ्चालन र नगर अध्यक्ष डिल्ली प्रसाद शर्माको अध्यक्षतामा अघि बढेको कार्यक्रम शहिदहरुप्रति एक मिनेट मौनधारण पछि शब्दबाट स्वागत भद्र बहादुर जिसीले गर्नु भएको थियो ।
कार्यक्रममा केन्द्रीय पार्षद सदस्य चन्द्रकालत शर्मा, नगर समितिबाट नर बहादुर केसी, गंगाराम आचार्य, लगायतले मन्तव्य दिनुभएको थियो । का. माओले देखाएको बाटोमा निरन्तर अघिबढ्नु पर्ने संदेश संसारमा फैलिएर रहेका शोषित पिडीतलाई दिएर जानुभएको छ, त्यसलाई पुरा गर्नु पर्ने आजको क्रान्तिकारी शक्ति तथा कार्यकर्ताहरुको काँधमा रहेको वक्ताहरुले जोड दिएका थिए ।
रोपड ।
नगर सचिब बिष्णु गुरुङको सञ्चालनमा तथा लाल बाहादुर थापाको अध्यक्षतामा सम्पन्न सो माओ दिवस समारोहमा अतिथिहरुको आशन ग्रहण पश्चात ज्ञात अज्ञात शहिद प्रति १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रमा सहभागि तथा अतिथिहरुलाई तारा बहादुर थापाले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्षय प्रेम सापकोटा, जनजाति क्षेत्रीय बिभागका बिल बाहादुर गुरुङ, महिला बिभाग लक्ष्मी गुरुङ, मूल प्रवाह क्षेत्रीय समितिका शिब लाल लामिछाने, छविलाल सापकोटा लगायतले आतिथ्यता एवं माओ दिवसको महत्वको बारेमा मन्तव्य दिनुभएको थियो ।
हिसार ।
वसन्त बहादुर दर्लामीको अध्यक्षता र आत्मराम न्यौंपानेको सञ्चालनबाट अगाडि बढेको सो सभामा ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पश्चात ओम प्रकाश तिवारीले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमका केन्द्रीय समितिका सल्लाहकार देबी प्रसाद पौडेल, केन्द्रीय प्रतिनिधी बिस्नु आचार्य, क्षेत्रीय समितिबाट नन्द बहादुर लमतरी, क्षेत्रीय महिला विभागबाट डोलमाया बिक, रक्तिम विभागबाट योगेन्द्र दर्लामी, अखिल भारत विद्यार्थी संघ हिसारबाट रक्षा सोमरे, राष्ट्रिय जनमोर्चा पाल्पाकी लक्ष्मी दर्लामीले आतिथ्यता गर्नुभएको थियो ।

हैदरावाद दक्षिण ।
त्यसै गरी दक्षिण हैदरावाद नगर समितिले पनि माओ जयन्ती रामोजी फिल्म सिटीमा मनाएको छ ।
भुपाल ठाडा मगरले सञ्चालन र कृष्ण बहादुर थापाले अध्यक्षता गर्नुभएको सो कार्यक्रमा सहभागिहरुलाई राम प्रसाद ढुंगानाले स्वागत गर्नु भएको थियो ।
का. माओको तस्वीरमा माला र अबिरले सम्मान गरेपछि प्रमुख अतिथी वीर बहादुर बिकले मन्तव्य दिनुभएको थियो । क्रान्तिकारी हुनलाई माओले देखाएको बाटोमा अबिचलित लागि पर्नुपर्ने कुरमा जोड दिनुभएको थियो । कार्यक्रममा जित बहादुर सुनारले पनि मन्त्ब्य दिनु भएको थियो ।

चंडिगढ, २६ डिस ।

नगर समिती चंडिगढको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता तथा नया जनवादी क्रान्तिका सिद्धातका प्रतिपादक का. माओको १२५ औं जन्मदिवश कार्यक्रम सम्पन्न पारिएको छ I
नगर सचिव खिमराज चालिसेले सञ्चालन र नगर अध्यक्ष प्रेम आचार्यको अध्यक्षतामा कार्यक्रम अगाडि बढेको थियो । अतिथीहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौनधारण पछि थमन थापाले स्वागत मन्तव्य दिनुभएको थियो ।
का. माओको जीवनी तथा महान साँस्कृतिक क्रान्ति र वहाका योगदानवारे केन्द्रीय सदस्य दिनेश खडका, सल्लाहकार तिलक पौडेल, जनजाति केन्द्रीय विभागका राम बहादुर पुन, अखिल भारत नेपाली विद्यार्थी संघ सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष माधव पोख्रेल, महिला क्षेत्रीय विभागकी जुना चालिसे, नगर समितिका लक्ष्मण खनाल, अर्जुन विक, विनु नेपाली, मायाँ आचार्य, पुरन थापा लगाएत लगायतले मन्तव्य दिनुभएको थियो ।
लुधियाना, २६ डिस ।

नगर समिति लुधियानाको आयोजनामा १२५ आंै माओ दिवस मनाइएको छ । कैलास खडकाको सञ्चालन तथा नगर अध्यक्ष उदय सिह चन्दको अध्यक्षताबाट कार्यक्रम अगाडि बढेको थियो ।
अतिथी आशन ग्रहण पछि ज्ञात अज्ञात शहिद प्रति १ मिनेट मौनधारण पश्चात नारायण पोख्रेलले स्वागत मन्तव्य दिनुभएको थियो । सो सभामा केन्द्रीय उपाध्यक्ष हिरासिह चन्दले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here