माइग्राम्स र बायोमेट्रिकका नाममा ठगिदै नेपाली कामदार

0
348

काठमाडौं । सरकारले मलेसिया लगायतका मुलुकहरुमा “फ्रि भिसा फ्रि टिकट”को व्यवस्था गरेको दुई वर्ष भन्दा बढी भइसकेको छ । तर, विभिन्न बहानामा म्यानपावर व्यवसायीहरुले कामदारबाट लाखौं रुपैंया असुलीरहेका छन् ।

नेपालीहरूको रोजगारीको प्रमुख गन्तव्य मलेसियामा भिसा पाउने प्रक्रियाका लागि मात्रै कम्तीमा १८ हजार ६ सय ८० रुपियाा बुझाउनुपरेको छ । विभिन्न शीर्षकमा विभिन्न स्थानमा पैसा असुलेर नेपाली कामदारहरूमाथि लुट भइरहेको छ ।
वैदेशिक रोजगारीमा जाने युवाहरुबाट माईग्राम्स र वायोमेट्रिकका लागि अनावश्यक रकम असुल भइरहेको छ । व्यवसायी देखि, रोजगारदाता कम्पनी र सरकारी संयन्त्रकै सेटिङमा यसरी असुल गर्ने गरिएको छ । अहिले मलेसिया जाने कामदारहरूले सुरुमै तिर्नुपर्ने रकम हो १ सय २५ मलेसियन रिंगेट । केही समय अघिसम्म यो रकम डलरमा तिर्नुपर्ने थियो । यसअघि प्रतिकामदार ३० अमेरिकी डलर बेस्टिनेट कम्पनीलाई बुझाउनुपथ्र्यो । तर हालसालै मात्रै ३० अमेरिकी डलरलाई रिंगेटमा परिवर्तन गरिएको छ ।

अहिले प्रतिकामदार १ सय २५ रिंगेट मलेसियन कम्पनीलाई तिर्ने गरिएको छ । वैशाख १७ गतेको रिंगेटको एक्सचेन्ज रेट हेर्ने हो भने १ रिंगेट बराबर २७ रुपियाा हुन आउाछ । यसरी एक कामदारले माइग्राम्स रजिस्ट्रेसनका लागि ३ हजार ३ सय ७५ रुपियाा बुझाउनुपर्ने हो । मलेसिया जाने कामदारहरूले म्यानपावर कम्पनीहरूलाई माइग्राम्स रजिस्ट्रेसनका नाममा सुरुमै ३ हजार ५ सय रुपियाा तिर्ने गरेका छन् । बायोमेडिकल अथवा स्वास्थ्य जााचका लागि भन्दै मलेसियाको बेस्टिनेट नाम गरेको कम्पनीको बैंक खातामा प्रक्रिया सुरु गर्नुभन्दा पहिले नै रकम जम्मा गर्नुपर्छ ।

रोजगारीका लागि मलेसिया जान लागेका युवाहरूले तिरेको उक्त रकम काठमाडौंलगायत देशका अन्य भागमा रहेका म्यानपावर व्यवसायीले मलेसियाको मे बैंकमा जम्मा गर्ने गरेका छन् । मलेसियाको मे बैंकमा रहेको बेस्टिनेट कम्पनीको खाता नम्बर ७१४४७७००१७२३ मा प्रतिकामदार १ सय २५ मलेसियन रिंगेट डिपोजिट गरेपछि मात्रै नेपालमा मेडिकल रजिस्ट्रेसन हुने गरेको छ । नेपालमा युवाहरूसँग रुपियाामा लिएको उक्त रकम म्यानपावर व्यवसायीले डलरमा साटेर फेरि मलेसियन रिंगेटमा परिवर्तन गरी मलेसिया पुर्‍याइरहेका छन् ।

अहिले देशबाहिर पैसा पठाउनका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनैपर्छ । राष्ट्र बैंकको नीतिअनुसार विदेशमा पठाउन परेमा राष्ट्र बैंकको स्वीकृति लिएर निश्चित राजस्व तिरेपछि मात्रै पठाउन मिल्छ । तर नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म माइग्राम्सका लागि भन्दै मलेसियामा पैसा गएको देखिएको छैन । बैंकिङ च्यानलबाट नगए पनि मलेसियामा कामका लागि जाने प्रत्येक नेपालीबाट प्रतिव्यक्ति १ सय २५ रिंगेटमलेसियामा पठाइरहेकै छन् । बैंकिङ च्यानलबाट मलेसियामा पैसा नगएको भए अब कसरी मलेसिया पुग्दै छ त पैसा ? नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ हुण्डीबाट मलेसियामा पैसा गइरहेको दाबी गर्छन् ।

कुन व्यक्तिको बायोमेट्रिक गराउनुपर्ने हो, त्यो व्यक्तिका नाममा माइग्राम्स रजिस्ट्रेसन गराएपछि मात्रै बायोमेडिकल गराउन मिल्छ । त्यो पैसा मलेसियन बैंकमै जम्मा गर्नुपर्ने हुन्छ । तर नेपालबाट सोझै मलेसियन बैंकमा रकम जम्मा गर्न नमिल्ने भएकाले व्यवसायीले हुण्डीमार्फत् मलेसियामा पैसा पठाउने गरेका छन् । यदि बैंकमार्फत् नै पैसा मलेसिया पठाएको भए सरकारलाई पनि राजस्व तिर्नुपर्ने हुन्थ्यो । त्यति मात्रै होइन, मलेसियामा पनि बेस्टिनेट कम्पनीले आफ्नो आम्दानी र खर्चको हिसाब त्यहााको सरकारलाई बुझाउनुपर्ने हुन सक्थ्यो । तर सानो सानो रकममा कुनै व्यक्ति वा समूहले रकम जम्मा गर्ने भएकाले बेस्टिनेट कम्पनीले हुण्डीमार्फत् पैसा ल्याएर आफ्नो खाता भारी बनाएको छ ।

विगत ५ वर्षको तथ्यांक हेर्ने हो भने वार्षिक सरदर १ लाख नेपाली युवाहरू मलेसियामा रोजगारीका लागि जाने गरेका छन् । मलेसिया जाादा एकै व्यक्तिले १ सय २५ मलेसियन रिंगेटका दरले माइग्राम्स रजिस्ट्रेसन गर्दा वार्षिक करिब ३५ करोड रुपियाँ अवैधरूपमा मलेसियामा पुगिरहेको छ । यसरी अवैधरूपमा यो पैसा मलेसिया पुर्‍याउनमा मलेसियामा रेमिटेन्सको काम गर्ने केही नेपाली रेमिटेन्स कम्पनीहरूको प्रत्यक्ष संलग्नता रहेको छ । एक म्यानपावर व्यवसायीका अनुसार मे बैंकको खातामा जम्मा गरिने उक्त पैसा नेपालमा रहेको रेमिटेन्स कम्पनीमार्फत् भुक्तानी हुने गरेको छ । मलेसियामा रहेका नेपाली कामदारहरूले आफ्नो घरमा पैसा पठाउनका लागि मलेसियामा रहेका रेमिटेन्स कम्पनीमा रकम जम्मा गर्ने गरेका छन् । कामदारले रेमिटेन्स कम्पनीमार्फत् नेपाल पठाउन भन्दै जम्मा गरेको त्यो रकमको केही हिस्सा भने माइग्राम्सका नाममा तिनै रेमिटेन्स कम्पनीमार्फत् भुक्तानी हुने गरेको छ । नेपालका म्यानपावर कम्पनीहरूले भने त्यो पैसा सिस्टममा नदेखिने गरी नेपालका रेमिटेन्स कम्पनीहरूलाई बुझाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here