महिला संघमा भुसाल

0
264

माधव भाट क्षेत्री,
पौष २२, कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ कपिलवस्तु अन्तरगत बाणगङ्गा नगरको दोश्रो नगर भेला भेला कपिलवस्तुको बनगाइमा सम्पन्न भएको छ ।

सम्पन्न भेलाले लक्ष्मी भुसालको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल महिला संघ बाणगङ्गा नगर समिति गठन गरेको छ । जसको उपाध्यक्ष– सुशीला आचार्य, सचिव– बिमला श्रेष्ठ, सहसचिव– रमनी सिंजापती, कोषाध्यक्ष– ललिता कुंवर रहनुभएको छ । त्यस्तै सदस्यहरुमा देवा आचार्य, प्रेम कला खत्री, शोभा आचार्य, साबित्रा शर्मा रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा कमला पौडेल, कल्पना भुसाल, निर्मला पौडेल र गोमा आचार्य रहेका छन् ।

अखिल नेपाल महिला संघकि केन्द्रीय सदस्य चन्द्र बदन श्रेष्ठको प्रमुख आथित्यता, नगर अध्यक्ष लक्ष्मी भुषालको अध्यक्षता नगर सचिव बिमला श्रेष्ठ, सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको बिचबिचमा रक्तिम अभियान कपिलवस्तुका कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here