महिला विभागको आयोजनामा हैदरावादमा प्रशिक्षण कार्यक्रम सम्पन्न

0
162

हैदरावाद, २९ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय महिला समन्वय समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हैदराबादमा सम्पन्न सो प्रशिक्षण कार्यक्रमको सञ्चालन पुस्पा पौडेलले र अध्यक्षता मिना आचार्यले गर्नुभएको थियो । अतिथिहरुको आसन ग्रहण, वीर सहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात लिलादेवी शर्माले स्वागत गर्नु भएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरबराज रेग्मीले दीप प्रज्वलित गरि गर्नुभएको थियो । मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य खिम बहादुर बिक, सलाहकार रामकुमार क्षेत्री, क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, नालगोण्डा नगर समितिका चेतन शर्माले शुभकामना दिनुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा भैरबराज रेग्मीले संगठन, राजनीति, नेपालका राजनीतिक पार्टीहरुको बारे र महिला समस्या तथा समाधान बारे बिसयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा मध्य दक्षिण क्षेत्र अन्तर्गतका महिलाहरुको उत्साह पुर्ण उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here