महिला नगर भेला सम्पन्न

0
99

चिदाम्बरम, १३ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदाम्बरम नगर समिति अन्तर्गत महिला नगर विभागको “तेस्रो नगर भेला” भव्य र सानदार रूपमा सम्पन्न भएको छ । संगिता गन्धर्वको सञ्चालन तथा दुर्गा देवि हमालको अध्यक्षताबाट अगाडि बढेको सो कर्याक्रममा सहभागिहरुलाई बबिता गायकले स्वागत गर्नुभएको थियो ।

भेलाको विधिवत उद्घाटन क्षेस गोकूल बहादुर गायकले गर्नुभएको थियो । सुर्यमान गिरी, देवेन्द्र आचार्य र जिवन पराजुलीले शुभकामना मन्तव्य दिनुभएको थियो । भेलाले दुर्गादेवी हमालको अध्यक्षतामा नयाँ विभागीय समिति निर्माण गरिएको छ । जसमाः सचिव संगिता गन्धर्व, कोषाध्यक्ष लिला गायक, त्यस्तै सदस्यमा बबिता गायक, सिता सुनेदी, सुर्यकला शर्मा, पवित्र शर्मा, टिका कुमारी गिरी, कौशिला केसी, खिमा कुमारी जिसी र खेम कुमारी हमालरहेका छन् ।

नयाँ समितिलाई मोहराज शर्मा, बाला कृष्णा गायक, हेम बहादुर गन्धर्वले बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here