महिलाहरूको बाँच्ने अधिकार सुनिश्चित हुनु पर्छ:– तारा जिसी

0
829

असार २६, बुटवल । राष्ट्रिय जनमोर्चा प्रदेश नं ५ की साँसद तारा जिसीले प्रदेश सभाको शुन्य समयमा आधा आकाश र आधा धर्ती ढाकेका महिलाहरूको बाँच्ने अधिकारसम्म पनि सुनिश्चित गर्न नसक्नु प्रदेश सरकार र सम्बन्धित निकायक रमिते रहेको बताउनु भएको छ । जिसीले अपराधीहरूको बोलवाला भएकोले तत्काल कार्वाहीको लागि ध्यान आकर्षण गराउनु भयो ।

रूपन्देहीको कंचन गाउँपालीका ५ की १६ बर्षे वालीकालाई आगो लगाई हत्या, सिद्धार्थ नगर नगर पालीका ६ मा दाईजोको लागी ज्यादती गरिएको र पछि शंकापस्त अवस्थामा झुण्डीएको लास भेटिनु जस्ता ताजा अस्थाई राजधानी भित्र कै घटना र मानव तस्करहरूको प्रलोभनमा परी बैदेशीक रोजगारीको शिलसिलामा अत्याचारमा परेका महिलाहरूले विभिन्न माध्यमबाट बचाउन गरिएका चित्कार, गुहारले महिला अधिकार र सुरक्षा संविधानको पानामा मात्र सिमित रहेको, पिडितहरूलाई फास्ट ट्राकमा न्याय दिनुको सट्टा महिला मैत्री भनी नथाक्ने सरकार र संघ सस्थाहरूको महिला हिंसामा देखिएको उदासिनताले विश्वास गुमाउककदै गएको र विडितले रबी लामिछानेलाई बचाउन गुहार माग्ने अवस्था सिर्जना भएकोमा जिसीले आपत्ती प्रकट गर्नु भयो ।

“५१ प्रतिशत जनसंख्या ओगटेका महिलाहरू जुन समाजमा हिंसा र त्रासमा बाँच्न वाध्य हुन्छन् त्यो समाजले कहिल्यै पनि काचुली फेर्न सक्दैन, यही हो समृद प्रदेश र समाजवाद उन्मुख ब्यवस्थाको सुरूवात ? जीसीले सदनमा सरकारलाई प्रश्न गर्नुभयो ।

आर्थिक बर्षको अन्तिम २ हप्तामा बजेट खर्च गर्न हतार–हतारमा महाअभियान चलाइ्र्रने प्रवृती गलत भएको जिसीले औंल्याउनु भयो । ११ महिनासम्म रमिते बन्ने, वर्षायाममा गरिने भौतिक पूर्वाधार र निर्माण बाढी पहिरोले अर्थहिन बनाउने हुँदा जनताको खुन पसिनाबाट जम्मा भएको राज्यको धुकुटी रित्ताउनै पर्ने मानसिकताबाट सरकार सजग रहन र त्यस्तो मानसिकताबाट गरिएको कार्यको कडाईपूर्वक अनुगमनको लागी सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सदनका माननीयहरूका अति आवश्यक योजनाहरू कार्यन्वयन त परै छ, लेख्न समेत पूर्वाग्रह राखेर अपमान गरी अधिनायकवादको संकेत दिन थालेको जिसीको भनाई थियो ।

अतिआवश्यक बस्तुमा कृतिम अभाव सिर्जना भएको, भ्रष्टाचार र कालो बजारीको कारण महंगीले आकाश छोएको यस्तो अवस्थामा पनि सरकार मौन वस्नुमा जिसीले आशचर्य प्रकट गर्नु भयो । “समाजवाद उन्मुख ब्यवस्था संविधानको परिकल्पना र सिंहदरवारको अधिकार घर–घरमा भन्ने संघीयताले जनतालाई दिन खोजेको उपहार यही हो ?” जिसीले प्रश्न उठाउँदै भन्नु भयो “एउटा सरकार तथा कर्मचारी पनि विदेशी अनुदान र रेमिट्यान्सको भरमा चलाउने देशले ८–९ वटा सरकार कसरी चलाउन सक्छ, आज हाम्रो कुरा धेरैलाई नमिठो लाग्न सक्छ ।” संघीयता नेपाली जनताको आवश्यकता पनि होईन र एक दिन खारेज हुने संसदमा जिसील ठोकुवा समेत गर्नु भयो ।

कार्यव्यवस्था परामर्श समितिले तर्जुमा गरे भन्दा आफ्नो निरंकुश शैलीले कार्यक्रम परिचालन गरेकोप्रति पनि आपत्ती प्रकट सांसद जिसीले गर्नु भयो । सून्य समयमा सरकारको पक्षबाट रमा घर्ती, कमलादेवी विक, विष्णु पंथी लगायत र विपक्षबाट निर्मला क्षेत्री, विजय बहादुर यादव आदिले वोल्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here