महामन्त्री सिंह खुलारुपमै मिडियामा जानसक्ने

0
66

काठमाडौं/ अर्थभुमिगतरुपमा रहेका नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंह अब खुल्लारुपमै टेलिभिजनहरूमा देखिनुहुने भएकोछ । नेकपा (मसाल) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले महामन्त्री सिंहलाई टेलिभिजनहरुमा गएर अन्तरवार्ता दिन सक्ने निर्णय गरेको छ ।

आजसम्म विभिन्न अनौपचारिक कार्यक्रमहरुमा सहभागी हुँदै आएपनि अब भने खुल्लारुपमै संचारमाध्यमहरुमा जाने हुनुभएको हो । उहाँ खुला भएपनि पार्टीको संगठनात्मक संरचना भने भुमिगत नै रहने मसालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here