महामन्त्री सिंहको आत्मालोचना

0
1240

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले “के चीन र भारत साम्राज्यवादी देशहरु हुन् ?” भन्ने पुस्तिकामा आन्तरिक दस्तावेजका कतिपय अन्य विषयहरु पनि प्रकाशित हुन गएकोमा आत्मालोचना गर्नुभएको छ ।

नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले २०७५ माघ २२ गते एक स्पष्टीकरण जारी गर्दै भन्नुभएको छ–“नेकपा (मसाल) को केन्द्रीय कार्यालयद्वारा प्रकाशित पुस्तिका “के चीन र भारत साम्राज्यवादी देशहरु हुन् ?” भन्ने पुस्तिका हाम्रो पार्टीको त्यसबारे खुला बहस चलाउने निर्णय अनुसार प्रकाशित भएको थियो । हाम्रो पार्टीको आठौं महाधिवेशनका सिलसिलामा पार्टीभित्र कैयौं विषयहरुमा दुईलाइनको छलफल चलिरहेको छ । त्यही क्रममा चीन र भारत साम्राज्यवादी देश हुन् वा होइनन् ? भन्ने बारे पनि खुला छलफल चलिरहेको छ । त्यो विषयलाई खुला रूपले बहस चलाउने सन्दर्भमा प्रकाशित पुस्तिकामा हाम्रा आन्तरिक दस्तावेजका कतिपय अन्य विषयहरु पनि प्रकाशित हुन गएका छन्, जो खुला छलफलमा जाने विषयहरु थिएनन् ।

हामीले उक्त पुस्तिकामा चीन र भारत सम्बन्धी विषयहरु नै प्रकाशित गर्ने निर्णय गरेको भए पनि दस्तावेजमा सामेल गरिएका अन्य एकाध विषयहरु पनि त्यससित जोडिएर नै प्रकाशित भएका छन् । त्यस प्रकारको कमजोरी भुलवश नै भएको हो । त्यस प्रकारको कमजोरी जुनसुकै कारणले भएको भए पनि पार्टीको महामन्त्रीको हैसियतले मैले त्यसको जिम्मेवारी लिंदै त्यसका लागि आत्मालोचना गर्दछु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here