मन नलागेर के गर्ने ? आखिर राजीनामा दिए प्रधानन्यायाधिशले

0
250

काठमाठौं । भनिन्छ, अरु विग्रिए सुधारर्न सकिन्छ, कुरा विग्रिए धर पाइंदैन । शैक्षिक योग्यता र नागरिकतामा भिन्नभिन्न जन्ममिति भएको विवरणहरू सार्वजनिक भएपछि विवादमा परेका प्रधानन्यायाधिश गोपाल पराजुलीले आखिकार राजिनामा दिएका छन् । प्रधानन्यायाधीश पराजुलीले पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले पुष्टि गरेको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीका अनुसार पराजुलीले नेपालको संविधानको धारा १३१ ’क’ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चैत्र १, बिहीवार कै मितिबाट लागु हुनेगरि राजीनामा दिएका हुन् ।

उनलाई न्याय परिषद्का सचिवले उनको ६५ वर्षे उमेरको हद गत साउन २१ पूरा भएको र उनी सेवानिवृत्त भइसकेको भन्दै पत्र पठाएका थिए । तर न्याय परिषद् सचिवालयको पत्र सार्वजनिक भए पनि प्रधानन्यायाधीशको हैसियतमै पराजुलीले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको शपथ गराएका थिए ।

पराजुलिको राजिनामा पश्चात वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश भएका भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here