मनाली, १४ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कुल्लु मनालीको छैटौं नगर सम्मेलनको उद्घाटन समारोह सम्पन्न पारिएको छ । समाजका अध्यक्ष दुर्गा बहादुर केसीले सम्मेलनको विधिवत उद्घाटन गर्नुभएको हो ।
केसीले उद्घाटन भाषणमा कुल्लु मनालीमा एकता समाजले प्रशासनलाई समेत शिक्षा दिने प्रकारको काम गर्दै आएको बताउनु भएको छ । राज्यले अहिलेससम्म प्रवासी नेपालीहरुको अवस्था र ज्यू ज्यानको बारेमा समेत जिम्मेवार हुन नसक्नु निन्दनीय भएको केसीले भनाई थियो । भारत प्रवासमा एकता समाजले प्रवासी नेपालीहरुको सुरक्षादेखि देशको अर्थतन्त्रमा समेत पहुँच पुराउने यो शक्तिलाई सदा मताधिकारबाट बञ्चित गराएको केसीले बताउनु भयो ।
सम्मेलनमा समाजका महासचिव खगेश्वर शर्माले समाजले समाजिक काममा मात्र योगदान नपुराएर नेपालको राजनीतिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुुर्याएको बताउनु भयो ।
साइला लामाको अध्यक्षता तथा पिशल विटीको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायलाई स्वागत रतनलाल पुनले गर्नुभएको थियो ।
राज्य समितिका उपाध्यक्ष कर्ण बहादुर तमांग, सदस्य भूवन केसी, महिला विभागकी विमाला शाही लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।