मनालीको छैटौं नगर सम्मेलन सम्पन्न

0
235

मनाली, १४ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कुल्लु मनालीको छैटौं नगर सम्मेलनको उद्घाटन समारोह सम्पन्न पारिएको छ । समाजका अध्यक्ष दुर्गा बहादुर केसीले सम्मेलनको विधिवत उद्घाटन गर्नुभएको हो ।

केसीले उद्घाटन भाषणमा कुल्लु मनालीमा एकता समाजले प्रशासनलाई समेत शिक्षा दिने प्रकारको काम गर्दै आएको बताउनु भएको छ । राज्यले अहिलेससम्म प्रवासी नेपालीहरुको अवस्था र ज्यू ज्यानको बारेमा समेत जिम्मेवार हुन नसक्नु निन्दनीय भएको केसीले भनाई थियो । भारत प्रवासमा एकता समाजले प्रवासी नेपालीहरुको सुरक्षादेखि देशको अर्थतन्त्रमा समेत पहुाच पुराउने यो शक्तिलाई सदा मताधिकारबाट बञ्चित गराएको केसीले बताउनु भयो ।

सम्मेलनमा समाजका महासचिव खगेश्वर शर्माले समाजले समाजिक काममा मात्र योगदान नपुराएर नेपालको राजनीतिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुुर्याएको बताउनु भयो । शर्माले नेपालको राजनीतिक विदेशीहरुको इसरामा चलेकाले नै नेपाली जनताले भारि बोकेर जिवीका पार्जन गर्न बाध्य हुनु परेको बताउनु भयो । “अब पशिना बगाएर जिवीका पार्जन गर्नहरु जाग्नु पर्छ, त्यसको विकल्पन छैन ।” शर्माले भन्नु भयो “विदेशीन बाध्य बनाउनेहरुलाई नै आफ्नो पक्षमा काम गर्न बाध्य पार्न पनि काममा प्रतिवद्ध हुनु पर्ने हुन्छ ।”

साइला लामाको अध्यक्षता तथा पिशल विटीको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायलाई स्वागत रतनलाल पुनले गर्नुभएको थियो ।

राज्य समितिका उपाध्यक्ष कर्ण बहादुर तमांग, सदस्य भूवन केसी, महिला विभागकी विमाला शाही लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

सम्मेलनले साइला लामाको अध्यक्षतामा नयाा समिति निर्वाचित गरेको छ । जसमा: उपाध्यक्ष– रतनलाल पुन, सचिव– बैकुण्ठ रिमाल, सहसचिव– तुलाराम बुढा र कोषाध्यक्ष– रवि पुन रहेका छन् । त्यस्तै सदस्यमा: जय बहादुर, सुनिता बस्नेत, कमलाशाही, मुस्कान क्षेत्री, विजेताकुमारी, जांगो शेर्पा, सोनु गौतम, गोपाल, कुलदिप बुढा, तिलम सिंजापति, कान्छी तमाङ, राहुलकुमार, वैकल्पिक सदस्यमा: आशा क्षेत्री, सानु श्रेष्ठ, सुकालामा, रामबहादुर, खगेन्द्र शाही, मित्र घर्ति र कान्छी क्षेत्री रहेका छन् । सम्मेलनले जंगबहादुर शाही, मनिराम, राजेन्द्र खत्री, हरिश कुमार, तारा क्षेत्री, दावा लामा, पिशल विटी, दिर्घ बहादुर शेर्पा, रोजी भुटीया, रवी कुमार र विर बहादुर तमाङलाई सल्लाहकार चयन गरेको छ । नवनिर्वाचित समितिको घोषणा राज्य समितिका सदस्य भुवन केसीले गर्नुभएको थियो ।

सोही सम्मेलनको अवसरमा भुन्तर नगर समितिको पनि घोषणा राज्य समितिका सहसचिव पिशल विटीले गर्नु भएको थियो । जसमा: अध्यक्ष– कन्हैलाल चौधरी, उपाध्यक्ष– पूर्ण शाही, सचिव– मिन प्रसाद सुवेदी, सहसचिव– विशाल विटी र कोषाध्यक्ष– मन बहादुर शाही रहेका छन् । त्यस्तै सदस्यमा: गोपाल शाही, दिनेश कुमार, अजय तमाङ, मायाा तमाङ, जान्वी, डोलमा तमाङ, रतन बहादुर, गोपाल, तारा तमाङ, सोभबहादुर तमाङ, वैकल्पिक सदस्यमा: राजकुमार राना मगर, कुनाल, ओम प्रकाश, प्रेम, पूर्णीमा घर्ती मगर रहेका छन् । त्यस्तै सल्लाहकारमा राजेश ठाकुर, पूर्ण बहादुर तमाङ, हरि बहादुर, शिव कुमार, विक्रम थापा, अमर सिंह, बीर प्रताप पुन, तिलकुमारी, राम किशन, ठूलीदेवी, लक्की मगर, निर्मला थापा, माया चौधरी र राधा सुवेदी रहेका छन् ।

नवनिर्वाचित दुबै समितिलाई प्रमुख अतिथि केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, महासचिव खगेश्वर शर्मा, नेपाली समाचार साप्ताहिकका धनवीर पुन, राज्य समितिका उपाध्यक्ष कर्ण बहादुर तमाङ, महिला विभागकी विमला शाही, भुन्तर नगर समितिका अध्यक्ष कन्हैयालाल चौधरी लगायतले शुभकामना दिनुभएको थियो ।

घोषणा सभाको सञ्चालन तुलाराम बुढाले र अध्यक्षता साईला लामाले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि राष्ट्र गान प्रस्तुत गरिएको थियो । तत्पश्चात जय बहादुरले उपस्थित जनसमुदायलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको अन्तमा रक्तिमका कलाकारहरुद्वारा भव्य साास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here