मध्य दक्षिण क्षेत्रमा नगर सम्मेलन तयारी धमाधम

0
523
हैदरावाद, २५ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गतका विभिन्न नगरहरुले आ–आफ्नो नगर सम्मेलनका लागि ठोस योजना सहित तयारी गर्न नगर समितिहरु लागेका छन् । जस अनुसार बिसाखापट्नम नगर समितिले क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेलको उपस्थितिमा ७ र ८ अप्रिलका दिन व्यापक सांगठनिक छलफल पश्चात् आर्थिक बजेट, हल ब्यबस्थापन, पर्चा पम्प्लेट, ब्यानर तथा अन्य आबस्यक तयारी गर्ने योजना बनाएको छ । बिसाखापट्नमको नगर सम्मेलन ९ र १० जुनको हुने छ ।
त्यस्तै नागपुर नगर समितिको पनि २–३ जुनको छैटौं सम्मेलन हुन गइरहेको छ । केन्द्रीय सदस्य रामप्रसाद आचार्यको उपस्थितिमा १०–११ अप्रिलका दिन नागपुर नगर समितिको बैठक बसी सम्मेलनको योजना र कार्यक्रमको तर्जुमा निश्चित गरेको छ ।
त्यस्तै एल्लुर नगर समितिले पनि नयाँ बर्षको उपलक्ष्यमा सुभकामना आदानप्रदान सहित नगर समितिको तेस्रो सम्मेलन सम्पन्न पार्नको लागि ५ सदस्यीय मूल ब्यबस्थापन समिति र २५ सदस्यीय प्रचार प्रसार समिति बनाएको छ । अप्रिल १४ मा केन्द्रीय वैकल्पिक सदस्य तथा क्षेत्रीय सचिव खिम बहादुर विकको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
राज कुमार रायमाझीको अध्यक्षता, नरेन्द्र पुनको सञ्चालन, अतिथिको आसन ग्रहण पश्चात् राम प्रसाद पौडेल ‘ख’ले स्वागत गर्नुभएको थियो । शुभकामना खिम बहादुर विक, राम प्रसाद पौडेल ‘क’, लक्ष्मी जिसी, मिना रायमाझी लगायतले शुभकामना दिनुभएको थियो ।
त्यस्तै २२ अप्रेलका दिन समाजको दक्षिण हैदरावाद नगर समितिको विस्तारित भेला सम्पन्न भएकोछ । नगर अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता र चित्र बहादुर केसीको सञ्चालनमा अगाडि बढेको सो भेलामा केन्द्रीय बैकल्पिक सदस्य खिम बहादुर विकको प्रमुख आतिथ्यता रहेको थियो । १ मिनेट मौनधारण पश्चात् वीर बहादुर विकले स्वागत गर्नुभएको थियो ।
खिम बहादुर विकले भेलाको उद्घाटन गर्नुभएको थियो । गिर बहादुर कार्कि, धोज बहादुर विक, हरि रेग्मी र राम प्रसाद शर्माले भेला सफलताको शुभकामना दिनुभएको थियो । भेलाले हुन गैरहेको नगर सम्मेलनलाई सफल पार्नको निमित्त कृष्ण बहादुर थापाको इन्चार्जमा ९ सदस्यीय मूल तैयारी समिति गठन गरेकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here