मताधिकारका लागि तयारीमा लागौं : केसी

0
429

जयपुर, २४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत जयपुर उत्तर र जयपुर दक्षिण नगर समिति संयुक्त ११औं सम्मेलनको घोषणा सभा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले गर्नुभएको थियो ।

केसीले उद्घाटन मन्तव्यमा मताधिकारका लागि तयारीमा जुट्नु पर्ने बताउनु भएको छ । वर्तमान सरकार नेपालको इतिहास मै सबैभन्दा मजबुत सरकार भएकोले उसले चाहेमा निकट भविष्य मै प्रवासी नेपालीहरुले मताधिकार पाउने केसीले बताउनु भयो । केसीले सम्पूर्ण प्रवासी नेपालीहरुलाई स्वदेशमा पुगी मतदान पहिचान पत्र बनाउन पनि आव्हान गर्नुभएको थियो ।

नारायण ज्ञावलीको सञ्चालन र ओम थापाको अध्यक्षताबाट अगाडि बढेको सो घोषणा सभामा उपस्थित जनसमुदायलाई रामप्रकाश शर्मा र कलाकारहरुले स्वागत गरेका थिए । क्षेत्रीय अध्यक्ष बेल बहादुर रजालीले जयपुर उत्तर एवं जयपुर दक्षिण दुवै नगरका नवनिर्वाचित समिति र दुबै महिला विभागको पनि घोषणा गर्नु भएको थियो ।


जयपुर उत्तर ।

अध्यक्ष– रामप्रकाश शर्मा, उपाध्यक्ष– मंगलसिंह खड्का, सचिव– टंक बहादुर थापा, सहसचिव– दोर्ण विक र कोषाध्यक्ष– नारायण पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा: नारायण ज्ञावली, दिलबहादुर, डीबी केसी, वासु नेपाली, वैकल्पिक सदस्यहरु: तारा भुसाल, भगवती मल्ल र चन्द्रा बस्नेत रहेका छन् । त्यस्तै सल्लाहकार: पूरण खड्का, सन्तोष कार्की, दीपक श्रेष्ठ, धनबहादुर, राजू घर्ती र रामबहादुर लामालाई चयन गरेको छ ।

महिला विभाग जयपुर उत्तर:

अध्यक्ष– लक्ष्मी केसी, सचिव– चन्द्रा बस्नेत, कोषाध्यक्ष– भगवती मल्ल, सदस्यहरुमा: पार्वती गिरी, कल्पना परियार, मीना क्षेत्री, राधा खड्का, देव कुमारी र मीना गुरुङ चयन हुनुभएको छ ।


जयपुर दक्षिण:

अध्यक्ष– ओम थापा, उपाध्यक्ष– बल बहादुर खासु, सचिव– बाबुराम थापा, सहसचिव– होम बहादुर सारु र कोषाध्यक्ष– दीपक थापा रहेका छन् । त्यस्तै सदस्यहरुमा: रिम राना, सोमबहादुर थापा, बेलबहादुर रजाली, पूरण राना, वैकल्पिक सदस्यहरुमा: रुद्र बहादुर थापा, भीम सिंह विक र गोपाल परियार रहेका छन् । त्यस्तै सल्लाहकारमा बल बहादुर बलाल, सोनू बोगटी, मान बहादुर विक, दिल बहादुर थापा र रणवीर थापालाई चयन गरेको छ ।

महिला विभाग जयपुर दक्षिण:

अध्यक्ष– हुमा रजाली, सचिव– माया थापा, कोषाध्यक्ष– दिपा थापा, सदस्यहरुमा: कल्पना थापा, धनमाया थापा, रवि थापा, शोभा राना, फूलमाया थापा, बिना थापा, सुनीता थापा र शर्मीला थापा रहेका छन् ।

प्रमुख अतिथि दुर्गा बहादुर केसी, केन्द्रीय सदस्य नारायण शर्मा, केन्द्रीय सदस्य मोहन गिरी, मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बेल बहादुर रजाली, सदस्य राम प्रसाद घिमिरे, किशोर राई, चित्रमान पुन, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय सहसचिव कृष्टी राई, क्षेत्रीय समिति सचिव पूनम थापा, रक्तिम केन्द्रीय विभागका रिम राना, क्षेत्रीय विभागका राम बहादुर थापा, महिला केन्द्रीय विभागकी हुमा रजाली, क्षेत्रीय अध्यक्ष कल्पना थापा, सदस्य तिला केसी, पार्वती थापा, केन्द्रीय खेल विभागका टंक बहादुर थापा, महिला विभाग मध्य पश्चिमोत्तर जनजाति क्षेत्रीय विभागका बल बहादुर खासु, मूल प्रवाह भिवाडी नगर समितिका अध्यक्ष काजीराम श्रेष्ठ, जोधपुर नगर समितिका अध्यक्ष याम बहादुर नेपाली, निमराना नगर समितिका रोम पुन, दिल्ली नगरका नारायण कुश्मेली, महिला विभाग भिवाडी नगर अध्यक्ष देवमाया बगाले, सीपीआईएम जयपुरका गुरुचरण सिंह, राजस्थान नागरिक मञ्चका आर. सी. शर्मा, पीएचईडी तकनीकी कर्मचारी संघका राजकुमार कायथ लगायतले आतिथ्यता तथा नवनिर्वाचितहरुलाई बधाई दिनु भएको थियो ।

संयुक्त सम्मेलनको सन्दर्भमा दुवै नगर द्वारा भलिबल प्रतियोगिताको आयोजना पनि गरिएको थियो । घोषणा सभाको सन्दर्भमा भलिबल प्रतियोगिताका विजयी टीम तथा बोर्ड परीक्षामा उत्कृष्ट नम्बर प्राप्त गर्ने मेधावी विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान प्रदान गरिएको थियो ।
जयपुर दक्षिणको नगर सम्मेलन उद्घाटन २३ जुनका दिन केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले गर्नुभएको थियो । बाबुराम थापाको सञ्चालन, ओम थापाको अध्यक्षता र केन्द्रीय सदस्य नारायण शर्मा, मोहन गिरी, क्षेत्रीय अध्यक्ष बेल बहादुर रजाली, महिला केन्द्रीय विभाग सदस्य हुमा रजाली, महिला विभाग क्षेत्रीय अध्यक्ष कल्पना थापाले सम्मेलन सफलताको शुभ कामना दिनु भएको थियो ।

जयपुर उत्तर नगर सम्मेलनको २३ जुनका दिन केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले गर्नुभएको थियो । नारायण ज्ञावलीको सञ्चालन, रामप्रकाश शर्माको अध्यक्षता पश्चात अतिथीहरुले आसन ग्रहण गर्नुभएको थियो । मंगलसिंह खड्काले स्वागत गर्नुभएको थियो । केन्द्रीय सदस्य नारायण शर्मा, मोहन गिरी, महिला विभाग क्षेत्रीय सदस्य दिपा थापा, रक्तिम केन्द्रीय विभागबाट रिम रानाले सम्मेलन सफलताको शुभ कामना दिनु भएको थियो । प्रगति प्रतिवेदन टंक बहादुर थापाले र आर्थिक प्रतिवेदन नारायण पौडेलले प्रस्तुत गर्नु भएको थियो ।

सम्मेलनको अन्तमा रक्तिमका कलाकारहरुबाट भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here