हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीका कनिष्ठ पुत्र विक्रम केसी र केन्द्रीय सचिव प्रेम पौडेल एवं केन्द्रीय सल्लाहकार फूलविना पौडेलकी जेष्ठ कन्या मञ्जु पौडेल विच शुभ विवाह सम्पन्न भएको छ ।
पुरानो संस्कारिक तथा परम्परावादी चलनलाई चुनौती दिंदै प्रगतिशिल रुपमा सो विवाह सम्पन्न सम्पन्न भएको थियो । वधु मञ्जु पौडेल र वर विक्रम केसीकोले आसन ग्रहण पश्चात वधुकी बाबा प्रेम पौडेल, आमा फूलविना पौडेल, वरका बाबा दुर्गाबहादुर केसी, आमा मिठा केसीले आतिथ्यता ग्रहण गर्नुभएको थियो ।
विवाह समारोहमा वामपन्थी नेता कृष्ण पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा प्यूठानबाट विजयी सांसद एवं राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, रक्तिम साास्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जीवन शर्मा, जिल्ला विकास समिति बाग्लुङका सभापति राजेन्द्र ढुंगाना, बाग्लुङ बरेङ गापा प्रमुख कृष्ण पौडेल, गुल्मी कालिगण्डकी गापा उपप्रमुख तारा थापा, एकता समाजका उपाध्यक्षहरु क्रमश: कपिल खनाल, देव बहादुर लामिछाने, हिरासिंह चन्द, महासचिव खगेश्वर शर्मा, सदस्यहरु क्रमश: भिमबहादुर थापा, ठाकुर खनाल, रामप्रसाद आचार्य, महेन्द्र बस्याल, यम प्रसाद शर्मा, मदन शर्मा, वैकल्पिक सदस्य वेद बहादुर कार्कीले अतिथि आसन ग्रहण गर्नुभएको थियो । त्यस्तै सल्लाहकारहरु क्रमश: मदन शर्मा, देवी प्रसाद पौडेल, सूर्य बहादुर थापा, खिमबहादुर विक, चित्र बहादुर पुन, सूर्य बहादुर थापा, विष्णु आचार्य, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय समितिका उपाध्यक्ष विक्रम केसी पनि विवाह समारोहमा अतिथि आसन ग्रहण गर्नुभएको थियो । नेपाली समाचार साप्ताहिकका सहसम्पादक धनवीर पुन मगरको आतिथ्यता रहेको थियो ।
त्यस्तै विभिन्न संघ संस्थाहरु अखिल भारत नेपाली एकता मञ्चबाट भिमसेन खत्री, प्रवासी नेपाली संघ भारतबाट प्रेम गुरुङ, जन सम्पर्क समिति भारतबाट रामप्रसाद रिमाल, नेपाली एकता समाज भारतबाट आनन्द थापा, तेलंगना नेपाली अशोसियशनबाट टेकबहादुर भण्डारी, ओपिडीआरबाट वि नरसिंह लगायतको आतिथ्यता रहेको थियो ।
वधुका आफन्तजनमा माहिला बुबा गोविन्द पौडेल, अंकल प्रेम बहादुर पौडेल, फूपाजु डा. राम प्रसाद पौडेल, ठूलो बुबा टंक बहादुर क्षेत्री, मावोली हजुर आमा हिरा कुमारी क्षेत्री, मामा तेजेन्द्र क्षेत्री, दाजु जनकराज शर्मा, माईती पक्षको व्यवस्थापक तथा बधुकी आमाको मितेरी भाई कुल बहादुर रेश्मीको पनि आतिथ्यता रहेको थियो ।
वरका आफन्तहरुमा माहिला बुबा लिलाधर शर्म, भान्जो दाई रेकम प्रसाद शर्मा, ठूली भाउजु हेमा केसी, माहिली भाउजु विमला केसी लगायतको आतिथ्यता रहेको थियो ।
तात्कालिन अखिल भारत नेपाली एकता समाजका संस्थापक उपसभापति एवं वधुकी ठूला बुबा रामचन्द्र पौडेलको अध्यक्षता र मध्य दक्षिण क्षेत्रीय समितिका सहसचिव रामप्रसाद पौडेलको सञ्चालनबाट अगाडि बढेको सो विवाह समारोहमा उपस्थित जनसमुदायलाई बधुकी दाजु महेन्द्र प्रसाद पौडेलले स्वागत गर्नुभएको थियो ।
न दाईजो, न जग्य, नहोमन, वधुले वरलाई माला पहिराइन, वरले वधुलाई माला पहिराए, बधुले वरलाई अविर लगाइन, वरले बधुलाई । दुबैले दिप प्रजोलित गरि जीवनको उज्जोल कामना प्रकाट गर्दै विवाह सम्पन्न भएको घोषणा गरे ।
तत्पश्चात नव विवाहित जोडीलाई कृष्ण पौडेल, दुर्गा पौडेल, राजेन्द्र ढुंगाना, कृष्ण शर्मा, तारा थापा क्षेत्री, खगेश्वर शर्मा, भिमसेन खत्री, प्रेम गुरुङ, रामप्रसाद रिमाल, आनन्द थापा, टेकबहादुर भण्डारी, वि नरसिंह, टंक बहादुर क्षेत्री, प्रेम पौडेल, दुर्गा बहादुर केसीले शुभकामना तथा बधाई दिनुभएको थियो ।
कार्यक्रमको अन्तमा जनगायक जीवन शर्मा र स्थानीय रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । जीवन शर्माको लौन तारुको पञ्चे बाजाले नव विवाहित जोडीले समेत नृत्य प्रस्तुत गरेका थिए ।
https://emissionkhabar.com/2018/01/13/%E0%A4%B8%E0%A4%BE%E0%A4%82%E0%A4%B8%E0%A4%A6-%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%97%E0%A4%BE-%E0%A4%AA%E0%A5%8C%E0%A4%A1%E0%A5%87%E0%A4%B2-%E0%A4%B9%E0%A5%88%E0%A4%A6%E0%A4%B0%E0%A4%BE/