मञ्जु परियारका श्रीमान अफिलाल रहेनन्

0
164

काठमाडौं । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका सल्लाहकार तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजकी पूर्व केन्द्रीय सदस्य मञ्जु परियारकी पति अफिलाल दमाईको दु:खद निधनभएको छ ।

परियार राष्ट्रिय जनमोर्चा भिमदत्त नगरपालिका नगर समितिका सल्लाहकार थिए । का. अफिलाल दमाईको ५२ वर्षको उमेरमा मिति २०७५ कार्तिक २७ गते असामयिक दुखद निधन भएको जनाइएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समिति अत्यन्त मर्माहत भएको जनाएको छ । पार्टी अध्यक्ष चित्र बहादुर केसीले एक विज्ञप्ती जारी गरि मृतक दमाईको दु:खद निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

त्यसैगरी राष्ट्रिय जनमोर्चा दैलेखका जिल्ला अध्यक्ष अमर नेपालीका पिता धनबहादुर नेपालीको मिति २०७५ कार्तिक २३ गते ७० वर्षको उमेरमा दु:खद निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here