मंसिर ३ गतेदेखि पाँचथरबाट राष्ट्रिय परिचय पत्र वितरण हुँदै

0
411

काठमाडौं । आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचय पत्र वितरणको कार्य सुरु हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचय पत्र वितरण हुन लागेको हो । गत असार ५ गतेदेखि राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा यही मङ्सिर ३ गते राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए । जिल्लाका सरोकारवालासँगको छलफल र तयारीपछि राष्ट्रिय परिचय पत्र वितरणको शुभारम्भ हुने उनले बताए ।

राष्ट्रिय परिचय पत्र वितरणका लागि पाँचथरमा गत कात्तिक २० गतेसम्ममा ५० हजार ९७४ को नेपाली नागरिकको विवरण सङ्कलन भइसकेको विभागका महानिर्देशक काफ्लेले जानकारी दिए । पाँचथरका छ वटा स्थानीय तहमा राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गर्ने कार्य पुरा भइसकेको विभागका निर्देशक शिवराज जोशीले बताए । सरकारले आगामी तीन वर्षभित्र सबै नेपाली नागरिकको पूर्ण विवरण रहेको राष्ट्रिय परिचय पत्र वितरण गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here