भ्रमपूर्ण टिकाटिप्पणीप्रति बरेङ गाउँपालिकाद्वारा खेद व्यक्त

0
40

केशबराज क्षेत्री, बरेङ । बागलुङको बरेङ गाउँपालिकाले भारतबाट आएर सीमामा अलपत्र परेर बसेका ३० जना युवालाई उद्दार गरेको छ ।

रोजगारीको लागि भारत गएका र कोरोना भाइरसको कारण त्यहाँका होटलहरु बन्द भएपछी घर आउने बाध्यता नेपालिलाई परेको छ । अहिले अलपत्र अवस्थामा नेपाल भारतको सीमामा रहेर घर आउन अप्ठ्यारो स्थितिमा परेका नेपालीहरुलाई  पालिकाले संयोजन गरि  लिएर सुरक्षित साथ क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए  ।

थापाका अनुसार उनिहरु आफैले गाडीभाडा तिर्ने गरि पालिकाले सहयोग गरेको हो र उनिहरु आफैले राजिखुसी भाडा तिरेका छन ।

सिद्दार्थ नगरपालिका रुपन्देही कोभिड १९ का भोलिन्टिएर सदस्य धर्मराज गिरीले बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा सङ्ग कुराकानी भएपछी मात्र बसको व्यवस्था गरि मङगलबार हुग्दिशिरका ३० युवालाई गाडी चढाएका हुन् र उनिहरुलाई बुधबार बिहान गाउँपालिकाले विभिन्न विद्यालयका क्वारेन्टाइनमा राखेको बताइएको छ ।

सामाजिक संजाल फेसबुकमा मंगलबार भ्रमपुर्ण अफवाह फैलाउने काम गरि पालिकाको राम्रो काम प्रती नकारात्मक टिका टिप्पणी गरेकोमा पालिकाले खेद प्रकट गरेको छ । सत्य तथ्य नबुझी लहैलहैमा लागेर भ्रम फैलाउने व्यक्तिहरुलाई कानुनी कार्वाही समेत हुन सक्ने  बताइएको छ ।

स्थानिय तहले संयोजन नगरी सीमामा अलपत्र भएका व्यक्तिहरु गाडीमा आउन गाह्रो हुने र स्वीकृत नदिए बाटोमै रोकिन सक्ने अवस्था सिर्जना हुने पालिका अध्यक्ष शर्माले बताउनुभयो ।

भारतबाट आएका केहि  युवाहरूले भने आफ्नो घर सम्म आउने वातावरण मिलाइदिएकोमा पालिकालाई धन्यवाद व्यक्त गरेका छन् । “गाउँपालिकाले सहयोग गरेन भनेर भनेका छैनौं, सामाजिक संजाल फेसबुकमा किन पालिकाको टिप्पणी गरियो  थाहा भएन ।” उद्धार गरिएकाहरुको प्रतिक्रीया छ ।

बरेङ गाउँपालिकाले अबदेखी अनावश्यक भ्रम फैलाउने र सामाजिक संजालमा नचाहिने टीका टिप्पणी नगर्नको लागि अनुरोध गर्दै कोभिड १९ का विरुद्ध सचेतभै सामना गर्न र आ–आफ्नो ठाउबाट जनचेतना फैलाउन सुचित  गरेकोे छ ।

यसैबिच बरेङ गाँउपालिकाले सामाजिक सञ्जालमा फैलाईएको भ्रमकावारे थप स्पष्ट पार्न प्रेस बिज्ञप्ति जारि गरेको छ ।

बिज्ञप्तिको पुर्ण पाठ यस्तो रहेको छ- “बरेङ गाउंपालिका द्वारा हालै गरिएको कोरोना भाईरस रोकथाम,नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि विविध निर्णय र कार्ययोजनाको विषयलाई लिएर केही दिनयताका सामाजिक संजालमा विभिन्न काल्पनिक भनाई तथा तथ्य भन्दा बाहिरका समाचारहरु सम्प्रेषण गरिएको प्रति यस गाउंपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । 

कोरोना प्रभावित छिमेकी मुलुक भारतबाट वरेङ गाउंपालिका भित्रिने दाजुभाई,दिदीवहिनीहरुको  उद्दार र क्वारेन्टाईन व्यवस्थापन संग जोडेर सामाजिक संजालमा गाउंपालिका अध्यक्ष,वडाअध्यक्ष बाट गैरजिम्मेवार कार्य गरेको भनि व्यक्त भएका समाचार एवम् अनर्गल प्रचारप्रति यस सिङगो गाउंपालिका परिवार दुःख व्यक्त गर्दछ । साथै यस्ता कार्यबाट कोरोना रोगको नियन्त्रणमा अहोरात्र खटिने स्वास्थ्यकर्मी,राष्ट्रसेवक कर्मचारी,शिक्षक,जनप्रतिनिधि तथा आम रुपमा सम्पूर्ण समुदाय तथा नागरिकहरुमा गम्भीर असर पर्न गई सामाजिक एकता र भातृत्वमा समेत खलल पर्न जाने सम्भावना उत्तिकै रहेकाले यस प्रकारको संकटपूर्ण अवस्थामा सामाजिक संजालको प्रयोग गर्दा  ध्यान पुर्याउनु हुन विशेष अनुरोध गर्दछौं ।

स्थानीय समन्वय समितिको बैठकबाट भारत लगायत तेस्रो मुलुकबाट  यस गाउंपालिकाका दाजुभाई,दिदीवहिनीहरुको उद्दारका लागि सम्वन्धित निकाय संग आवश्यक समन्वय एवं सहजीकरण गर्ने र सीमा नाकाबाट उद्दार गरी सम्वन्धित वडाको क्वारेन्टाइनस्थल सम्म ल्याउन प्रयोग भएका सवारी साधनको भाडाको व्यवस्था स्वयम् व्यक्तिले गर्ने निर्णय भएवमोजिम मिति  २०७७ ज्येष्ठ १३ गते सुनौली नाकाबाट नेपाल आएका वरेङ गाउंपालिकाका ३० जना दाजुभाईहरुको उद्दार कार्यमा सम्वन्धित निकाय संग गाउंपालिकाले आवश्यक समन्वय गरी स्वयम् व्यक्तिले नै सवारी साधनको भाडाको व्यवस्था गरी सम्वन्धित टोल स्तरीय निगरानी तथा सचेतना समितिको विशेष अग्रसरता र गाउंपालिकाको समन्वयमा आधारभूत आवश्यकता पूरा हुने गरी स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको र सवैको स्वास्थ्य स्थिति सामान्य रहेको  व्यहोरा समेत जानकारी गराउंछौं । 

सामाजिक संजालमा व्यक्त भएकै आधारमा गाउंपालिकाको असक्षमता देखाउने गरी अनावश्यक प्रचार एवं कमेन्ट गर्ने सामाजिक संजाल प्रयोगकर्ताहरुले  यस प्रकारको  विषम परिस्थितिमा आफ्नो राज्यप्रतिको दायित्व समेत स्वःमूल्यांकन गरी  आलोचना र प्रचारमुखी कार्य तथा  पार्टीगत,गुटगत एवं निहित स्वार्थ भन्दा माथि उठेर सम्पूर्ण एकजुट भै हातेमालो गरी सामाजिक उत्तरदायित्व र सभ्यता दर्शाउन र सामाजिक संजालमा व्यक्त भएका विचारहरुलाई हुवहु नवुझी सत्य र तथ्यको वकालतरकमेन्ट गर्न समेत सम्पूर्णमा विशेष आग्रह गर्दछौं । 

यस्तो विषम परिस्थितिमा,सामाजिक संजालमा दार्शनिक विचार व्यक्त गरेर वा लेखेर कोही दुरदर्शिता र अगुवा हुने भए सवै काम छोडेर हाल सामाजिक संजालको प्रयोग गरी वन्दकोठा भित्र वसेर स्थानिय सरकार संचालन गर्ने हो रु यति सम्म कि यतिका समय सम्म व्यवस्थापन बारे ठोस कार्ययोजना बारे नसोच्नु लाजमर्दो कुरा भयो भनेर सामाजिक संजालमा सचेत नागरिकलाई दिउंसै रात पार्न खोज्ने सामाजिक संजालकर्ताले फेसवुकमा अर्कालाई कमेन्ट गर्ने लायकको नागरिकको भूमिका मैले के निर्वाह गरे रु भनि आफैलाई प्रति प्रश्न गर्नुभयो रु लाजमर्दो कुरा त गलतलाई गलत र राम्रो लाई राम्रो भन्न  सक्ने नागरिक तयार नभएको देख्दा हामीलाई अझै पनि हामीले लिएको समृद्द गाउंपालिका निर्माणको संकल्पको यात्रामा ठूलो अवरोधक हुनु दुःखत विषय हो । 

नेपालसरकारले  मिति २०७६ चैत्र ११ गते देखि मुलुकभर लकडाउनको घोषणा गरेसंगै बरेङ गाउंपालिकाले गरेका प्रयास र उपलव्धिहरुको यहाँहरु सवै गाउंपालिकावासी नागरिकहरुमा सर्वविदितै छ । यस्तो विषम परिस्थितिमा कोरोना संग जुध्दै र नागरिकलाई स्थानिय सरकारको अनुभूति दिंदै गर्दा वरेङ गाउंपालिकाले सामुदायिक रेडियो विहानी संगको सहकार्यमा कोभिड(१९ विशेष रेडियो कार्यक्रम,क्भ्भ् रेडियो कार्यक्रम,राहत वितरण,च्म्त् र एऋच् परीक्षण,गर्भवती तथा सुत्केरी महिलालाई पोषण कार्यक्रम,पूर्वाधार योजनाको कार्यान्वयन,दिर्घरोगीहरुको लागि निःशुल्क औषधि वितरण,बालकक्षा देखि कक्षा ३ सम्मको अतिरिक्त पाठ्यसामाग्री वितरण,स्वास्थ्य सामाग्रीको उचित प्रवन्ध,कोरोना बिमा कार्यक्रम,खाद्य वैंकको स्थापना, शुरुवातमा जिल्लामै क्वारेन्टाइनको व्यवस्थापन९ जनता प्रावि र सर्वोदय मावि०,हेलो अभिभावक कार्यक्रम,ढेङगु रोग सम्वन्धि जनचेतनामूलक कार्यक्रम,दादुरा र रुवेला रोग विरुद्दको अभियान,शिक्षकहरुको नेतृत्वमा टोल स्तरीय निगरानी तथा सचेतना समितिको परिचालन लगायतकाटोल स्तरीय समिति देखि पालिकास्तरीय समन्वय समिति क्रियाशील भै सवैको अग्रसरता र उचित समन्वयमा सयौं विविध रणनीतिक योजना कार्यान्वयन गर्दै आएको कुरा सम्पूर्ण सचेत नागरिक स्तरमा घाम जस्तै छलङगै छ । 

विश्व नै संकट र जोखिमपूर्ण अवस्थामा रहेको सन्दर्भमा, वरेङ गाउंपालिकाले गरेको कोरोना  रोगको रोकथाम,नियन्त्रण तथा व्यवस्थापनको विषयलाई जोडेर गाउंपालिकाको समग्र कार्ययोजना नै कमजोर भएको भन्ने जस्तो गरी आधारहीन तथा तथ्यहीन विषय प्रचार गर्ने, प्रस्तुत गर्ने र व्यक्तिगत लाञ्छना लगाउने जस्ता कार्य  शोभनीय नहुने हुँदा आजको संवेदनशील समयमा सामाजिक संजालको प्रयोग गर्दा ध्यान पुर्याईदिनुहुन पनि यसै विज्ञप्ति मार्फत गाउंवासी सम्पूर्ण जनता प्रति हार्दिक अनुरोध गर्दछौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here