भोली भदौ १५ गते घोराहीमा राजमोले कर बृद्धि विरुद्ध वृहत प्रदर्शन गर्ने

0
454
भदौ १४, दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ, देउखुरीले भोलि भाद्र १५ गते ‘संघीयता खारेज गर, चर्को कर वृद्धि फिर्ता गर’ भन्ने मुल नाराका साथ  प्रदर्शन तथा बिरोध सभा गर्दैछ ।
उक्त सभालाई राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रबक्ता तथा प्रतिनिधिसभा सांसद दुर्गा पौडेलले प्रमुख बक्ताको रुपमा सम्बोधन गर्नुहुने कार्यक्रम थियो । तर नेतृ पौडेल आकस्मिक अस्वस्थ हुनुभएकोले केन्द्रीय सदस्य सोम कुमार कार्कीले प्रमुख आतिथिको आसनबाट सम्बोधन गर्नु हुने छ ।
उक्त प्रदर्शनमा सहभागि हुनका लागि दिउँसो १२ बजे  घोराहीको पार्टी अफिसमा आइपुग्न सबै न्यायप्रेमी जनसमुदायलाई राजमो जिल्ला समिति दाङले अपिल गरेको छ । बिरोध प्रदर्शन पछि तुलसिपुर चोकमा पुगि बिरोध सभाको कार्यक्रम हुने जिल्ला समितिका अध्यक्ष गणेश आचार्यले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here