सिरिया । विभिन्न समाचार एजेन्सीहरु र एक अध्ययनले देखाएको रिपोर्ट अनुसार सिरियाका महिलाहरुको राहत शिविरमै यौन दुव्र्यवहार हुने गरेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरुलाई राहत पुर्याउने पुरुष राहतकर्ताले सिरियाली महिलामाथि यौन दुव्र्यवहार गरेको सो अध्ययनले खुलासा गरेको छ । तर संयुक्त राष्ट्र जनसंख्या कोषले भने यसबारे कोही कसैलाई जानकारी नरहेको बताएको छ ।
संयुक्त राष्ट्र जनसंख्या कोषले पनि स्वीकार गर्दै मद्दत सामग्रीको सट्टा महिलाहरुलाई शोषण गरिरहेको बताएको छ । रिर्पोटमा भनिए अनुसार ‘महिलाहरुलाई यौन शोषण गर्ने र केही समय विवाहको नाटक गरेर विचल्ली पार्ने गरेका छन् । उनीहरुले राहत लिन गएका महिला तथा युवतीसँग फोन नम्बर लिने र फोनबाट बोलाएर यौन शोषण गर्ने गरेका छन् ।’
सिरियामा अहिले ४० प्रतिशत महिला यौन हिंसाको सिकार भएको समेत रिर्पोटमा उल्लेख गरिएको छ । एजेन्सी