भेल्लोरमा नगर भेला सम्पन्न

0
152
भेल्लोर, ८ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत भेल्लोरमा नगर भेला सम्पन्न भएको छ ।
भेलाले खेम बहादुर विकको अध्यक्षतामा नगर समिति गठन गरिएको छ । जसमा: सचिव– मेघनाथ शर्मा, कोषाध्यक्ष– बुद्ध बहादुर विक, सदस्यहरुमा: नारायण गिरी, बल बहादुर विक, देभप्रसाद शर्मा, हेमलाल विक, वैकल्पिक सदस्यमा: चडामणी विक र विष्णु प्रसाद ढुंगाना रहेका छन् ।
देभप्रसाद शर्माको अध्यक्षता तथा नारायण गिरीको सञ्चालनबाट अगाडि बढेको सो भेलामा ज्ञात अज्ञात शहिदहरुको  संझनामा एक मिनेट मौनधारण पश्चात खेम बहादुर विकले स्वागत मन्तव्य दिनुभएको थियो ।
भेलाको उद्घाटन केन्द्रीय सदस्य भीम बहादुर थापाले गर्नुभएको थियो । थापाले संगठनको आवश्यकता र समसामयीक विषयमा उद्घाटन मन्तव्य दिनुभएको थियो ।
मेघनाथ शर्मा, बल बहादुर विक र बुद्ध बहादुर विकले भेला सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here