भेनेजुयला, संयुक्त राष्ट्र र नेपाल

0
280

– प्रा.डा. श्रीधर गौतम

केही दिन अघि मात्रै भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोले राजधानी काराकासमा आयोजित एउटा समारोहमा बोलिरहेको अवस्थामा उनीमाथि आक्रमण भयो, यद्यपि उनी बााच्न सफल भए तर उनका केही अङ्गरक्षक र सेनाका केही सदस्यहरु हताहत भए । राष्ट्रपति मदुरोले आफ्नो हत्या प्रयासको पछाडि विदेशी शक्तिको अर्थात् प्रमुख रूपमा कोलम्बिया र संयुक्त राज्य अमेरिकाको सरकार जिम्मेवार भएको बताएका छन् । उनलाई जस्तै यस अगाडि पनि उनका पूर्ववर्ती राष्ट्रपति स्व. ह्युगो चाभेजमाथि पनि धेरै पटक हत्याको प्रयास भएको थियो । वर्तमान राष्ट्रपति मदुरोले पनि ह्युगो चाभेजले झौ पेट्रोलियम पदार्थ लगायत कतिपय प्राकृतिक श्रोत–साधनलाई राष्ट्रियकरण गरी तिनलाई निजी कम्पनीहरुको अधिपत्यमा जानबाट रोकेका छन् । भेनेजुयलाले लिएको राष्ट्रवादी स्वतन्त्र नीतिको कारणले गर्दा अमेरिका लगायतका पुाजीवादी शक्ति राष्ट्रहरु भेनेजुयलाको सरकारको आलोचना गर्ने गर्छन् । तर सबै विदेशी दबाबको अगाडि नझुकेर दक्षिण अमेरिकाको यो एउटा सानो राष्ट्रले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा गरिरहेको छ ।

संयुक्त राज्य अमेरिकाको नेतृत्वमा इराकमाथिको १९९१ मा भएको हमलापछि कुनै पनि विदेशी राष्ट्र प्रमुखले इराकमा गई सद्दाम हुसैनसाग भेट गर्ने साहस गरेका थिएनन् । तर ह्युगो चाभेज यस्ता एउटा नेता थिए, जो अमेरिकी आक्रमण र नाकाबन्दीले थला परेको देश इराकमा गई त्यहाँका तत्कालीन राष्ट्रपति सद्दाम हुसैनसाग भेट गरे र आफ्नो ऐक्यबद्धता देखाए । त्यसैगरी ह्युगो चाभेज तिनै व्यक्ति थिए, जो २००६ को सेप्टेम्बरमा न्यूयोर्कस्थित राष्ट्र सङ्घको महासभामा उपस्थित भई तत्कालीन राष्ट्रपति जर्ज बुसको कठोर शब्दमा आलोचना गरेका थिए । राष्ट्रपति जर्ज बुसले बोलेको ठिक एक दिन पछाडि बोलेका चाभेजले जर्ज बुसप्रति सङ्केत गर्दै भनेका थिए– “हिजो यही ठाउँमा आएर विश्व साम्राज्यवादको प्रवक्ताले सारा संसार आफ्नै हो जस्तो गरी बोलेका थिए र त्यसको दुर्गन्ध अझै पनि मेरो अगाडिको टेबलमा छ ।” बिसौँ शताब्दीका निर्भिक एवं साम्राज्यवादी शक्तिका प्रखर विरोधीको रूपमा चिनिएका ह्युगो चाभेजको मृत्युपछि भेनेजुयलाले अपनाएको स्वतन्त्र समाजवादी बाटोको अन्त्य होला र साम्राज्यवादी शक्ति राष्ट्रहरुका निजी कम्पनीहरुले त्यहाँका प्राकृतिक श्रोत–साधनमाथि हात पार्लान् भन्ने ठुलो आशालाई वर्तमान राष्ट्रपतिले चकनाचुर पारिदिएका छन् । आज पनि त्यहाँ राष्ट्रवादी शक्ति र साम्राज्यवादी शक्तिका अनुयायीहरुको बीचमा सङ्घर्ष चलिरहेको छ । त्यसैले अमेरिकी सरकार र उसका समर्थक पुाजीवादी शक्ति राष्ट्रका सरकारहरु भेनेजुयलामा भएका घटनालाई अतिरञ्जित गरी देखाउने गर्छन् । आफ्नो समर्थक नभएका सरकारलाई उनीहरुले आतङ्ककारीको तक्मा लगाइदिने गर्छन् । उनीहरुले आफूले चाहे जस्तो ‘प्रजातान्त्रिक मोडेल’ अन्य राष्ट्रमाथि थोपर्न चाहन्छन् । यस्तो मोडेल जनतालाई मालिक बनाउने नभई सम्भ्रान्त वर्गको हित गर्ने मोडेल हो भन्ने कुरा विश्वमा घटेका घटनाहरुबाट प्रमाणित भइसकेको छ । यो त्यही मोडल हो, जस अन्तर्गत आम विनासका हात–हतियार राखिएको झुटा आरोप लगाई इराकमािथ आक्रमण गरिएको थियो ।

आज भेनेजुयलाका राष्ट्रपतिको हत्याको प्रयास पछाडिका विदेशी शक्तिहरुले त्यही मोडेल प्रयोग गर्न खोजेको हुन सक्छन् । भेनेजुयलाका वर्तमान राष्ट्रपतिको हत्या प्रयासका पछाडि कसको हात छ भनी हामी भन्न सक्दैनौँ, तर विगतमा भेनेजुयला, क्युबा र निकारागुआ जस्ता देशका सरकारहरु आफ्नो अनुकूलका नहुादा त्यहाँका नेताहरुको हत्याको पछाडि अमेरिकी खुफियातन्त्रको हात रहेको कुरा बाहिर आएको आम जानकारीको विषय हो । द्वितीय विश्वयुद्धको समाप्तिपछि फेरि विश्वमा युद्ध हुन नदिन र राष्ट्रहरुका बीचको कलहलाई वार्ताद्वारा समाधान गर्न बनेको संयुक्त राष्ट्रको असफलताको कारणले गर्दा अहिले पनि संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरुले आफूले विश्वका नेता ठान्ने र सम्पूर्ण विश्व उनकै इशारामा चल्नु पर्ने विचार व्यवहारमा देखाउँदै आएका छन् । जबसम्म कुनै एउटा राष्ट्र सम्पूर्ण संसारको मालिक जस्तै व्यवहार गर्छ, तबसम्म मानव जातिको भविष्यलाई सुरक्षित राख्न सम्भव हुने छैन । चाहे त्यो भेनेजुयला होस् अथवा भियतनाम र कोरिया किन नओउन्, सबै राष्ट्रहरुलाई आ–आफ्नो स्वतन्त्र नीति अपनाउने अधिकार छ र त्यसमा कुनै पनि शक्तिले अङ्कुश लगाउनु भनेको संसारलाई अराजकता र विनाशतर्फ डोर्‍याउनु हो । प्रत्येक देशका जनतालाई आ–आफ्नो इच्छा र आवश्यकता अनुसारको व्यवस्था अपनाउने अधिकार छ र त्यस्तो व्यवस्था कुनै एक शक्तिराष्ट्रलाई मन नपर्दैमा त्यस्तो राष्ट्रलाई आतङ्ककारीको कित्तामा राख्नु भनेको अत्यन्तै निन्दनीय कुरा हो । आज कुनै पनि एउटा राष्ट्र अथवा राष्ट्रहरुको समूहले पनि सिङ्गो अमेरिकाको सैनिक शक्तिको प्रतिरोध गर्न सक्ने अवस्था नरहेकाले सबै राष्ट्रहरुले सामूहिक रूपमा अझै पनि संयुक्त राष्ट्रको संरचनामा सुधार ल्याउने प्रयत्न गर्नु पर्छ र संयुक्त राष्ट्रलाई बलियो बनाउनु पर्छ ।

द्वितीय विश्वयुद्धपछि संसारमा भएका घटना र खासगरी शीतयुद्धको समाप्तिपछि पनि सैनिक शक्तिको हिसाबले संसार एकल ध्रुवीय भएको हुादा संयुक्त राष्ट्रको वर्तमान संरचना अब अर्थहीन भएको छ । यसमा अब सतही सुधार गरेर परिवर्तन ल्याउन नसकिने हुादा यसमा व्यापक परिवर्तन ल्याउनु आवश्यक छ । अहिलेको नव उदारवादी भूमण्डलीकरणले ल्याएको डरलाग्दो अवस्थाले गर्दा कतिपय कमजोर राष्ट्रहरु भोकमरी, रोग, अशिक्षा आदि समस्याबाट ग्रसित भएको अवस्थामा संसारका राष्ट्रहरुलाई एक–अर्कासाग भिडाउनेभन्दा पनि एक–आपसमा जोड्ने व्यवस्था सिर्जना गर्न पनि नयाा संरचनाको संयुक्त राष्ट्रको आवश्यकता छ । सबै समस्याहरुको समाधान राष्ट्रिय स्तरबाट गर्न सम्भव नहुने हुादा सबै राष्ट्रहरुलाई जोड्ने न्यायपूर्ण संयुक्त राष्ट्रको खााचो बढेको छ । उदाहरणका लागि वातावरण परिवर्तन पेट्रोलियम पदार्थको मूल्य निर्धारण, आणविक हतियारको प्रसारण र विकीरणको प्रभावलाई समाधान गर्न संयुक्त प्रयासबाट मात्रै सम्भव हुन्छ । यस्ता अन्तर्राष्ट्रिय स्तरका समस्याको समाधान गर्नका लागि पनि अहिलेको संयुक्त राष्ट्रको सुरक्षा परिषदको स्थायी संरचनामा विकासशील र अर्ध विकसित राष्ट्रहरुलाई समेत स्थान दिनु आवश्यक छ । त्यसै गरी संयुक्त राष्ट्रमा छलफल हुने निर्णय लिने प्रक्रियालाई बढी पारदर्शी र समावेशी बनाउनु पर्छ ।

त्यसैगरी, सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरुले ‘भिटो’ को दुरूपयोग गरी मनमानी गर्ने व्यवस्थालाई समाप्त पार्नु पर्छ । यही ‘भिटो’ को प्रयोग गरेर एकातिर प्यालेस्टाइनी जनतालाई आजसम्म एउटा स्वतन्त्र राज्य स्थापना गर्नबाट वञ्चित गरिएको छ भने अर्कातिर, यही ‘भिटो’ को दुरूपयोग गरी एउटा स्वतन्त्र देश इराकमाथि आक्रमण गरी त्यसलाई छियाछिया बनाइएको छ । ‘भिटो’ को व्यवस्थाले गर्दा संयुक्त राष्ट्र केही राष्ट्रहरुको खल्तीको संस्था हुन पुगी संयुक्त राष्ट्रका महासचिव नेपालका पञ्चायती व्यस्थाका प्रधानमन्त्री जस्ता निरीह बन्न पुगेका छन् । यदि व्यापक सुधारको कदमहरु चाली संयुक्त राष्ट्रलाई साच्चै नै प्रतिनिधिमुलक संस्था बनाउन सकेमा एउटा अन्तर्राष्ट्रिय स्तरको न्यायपूर्ण व्यवहारले जन्म पाउने सम्भावना छ । त्यसो भएमा अन्याय, अत्याचार, दमन र शोषणमा परेका राष्ट्रहरुको आवाजलाई आतङ्ककारीको आवाजको रूपमा लिई शक्ति राष्ट्रहरुले डराउने र धक्काउने प्रवृत्तिको पनि अन्त्य हुने दिन आउन सक्छ । अहिले संसारका न्यायपूर्ण व्यवस्था र अवस्था छैन, तर हामीले न्याय, सत्य र समानताको पक्षमा आवाज उठाउने क्रममा थकाइ मान्नु हुने छैन । एक्काइसौँ शताब्दीमा आउँदा पनि कमजोर राष्ट्रहरुलाई हैकमवादको त्रासमा बााच्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्छ ।

हैकमवाद चाहे विश्व स्तरको होस् अथवा क्षेत्रीय स्तरको किन नहोस्, दुबै उत्तिकै खतरनाक हुन्छन् र त्यसको प्रतिकार गर्नु आवश्यक छ । नेपाल जस्तो देशलाई आफ्नो स्वतन्त्रताको रक्षा गर्दै आर्थिक विकासको बाटोमा अघि बढ्नु पर्ने दोहोरो आवश्यकता छ र जबसम्म बाहिरी हस्तक्षेप र दबाबको तरबार हामीमाथि झुण्डिरहन्छ, हामी हाम्रो भविष्यका लागि स्वतन्त्र बाटो अपनाउन सक्दैनौँ । आज भेनेजुयलाको सामाजिक एवं आर्थिक, राजनैतिक व्यवस्थासाग हामी सबै सहमत नहुन पनि सक्छौँ, तर हामीले बाहिरी दबाबबाट त्यहाँको सरकार परिवर्तन गर्ने कुनै पनि खेलको विरोध गर्नु पर्छ । आज भेनेजुयलाको सरकार कसैको अनुकूल नभएकै कारणले त्यसलाई अपदस्थ गर्न खोजियो भने भोलि नेपाल जस्ता तुलनात्मक रूपले कमजोर राष्ट्रहरुले पनि यस्तै अवस्था भोग्नु पर्ने हुन सक्छ ।

आज एसिया र अफ्रिकामा अझै पनि बहुसङ्ख्यक राष्ट्रहरु गरिबीको रेखामुनि रहनुको पछाडिका कारणहरुमा हिजो तिनीहरुले भोग्नु परेको औपनिवेशक शासन र अझै विद्यमान हुनु तथा बाहिरी हस्तक्षेप, दबाब र शोषण हुन । प्राकृतिक श्रोत–साधनको हिसाबले यी राष्ट्रहरु गरिब भएका होइनन्, बरु स्वतन्त्र राष्ट्रिय नीति अपनाई आ–आफ्नो देश र परिस्थिति अनुरूपको विकासको मोडेल अपनाउन नसक्दा पछि परेका हुन । नेपाल राणा शासनबाट मुक्त भएको लगभग सात दशक बितिसक्दा पनि आज पनि देश अति कम विकसित देशहरुकै श्रेणीमा छ । यदि राणा शासनको अन्त्य सागसागै जनमुखी स्वतन्त्र राष्ट्रिय विकासको नीति अपनाएको भए देशको प्राकृतिक श्रोत–साधनहरु देशकै हितमा प्रयोग भएका हुने थिए र आज लाखौँको सङ्ख्यामा दक्ष र अदक्ष जनशक्ति विदेशिन बाध्य हुने थिएन ।

अहिले देशमा संविधान सभाबाट निर्मित नयाा संविधान आएको छ र यसबाट नेपाली जनताको लामो समयको सङ्घर्ष र दृढ इच्छाको विजय भएको छ । वर्तमान सरकारलाई सार्वभौम जनताको आदेश प्राप्त भएको छ र त्यसको सम्मान गर्दै कुनै पनि बाहिरी शक्तिसाग नझुकी देशको आर्थिक विकासका लागि देशका सबै श्रोत र साधनहरुको परिचालन गर्नु अहिलेको आवश्यकता हो । देशको हितमा लिने निर्णय लिने गर्दा भेनेजुयला जस्ता देशलाई बाहिरी शक्तिको दबाबको सामना गर्नु परे जस्तै नेपालको सन्दर्भमा पनि त्यस्तै स्थिति आउन सक्छ, तर कुशल नेतृत्वले जनताको अजेय शक्तिमा विश्वास राखी राष्ट्रिय हितलाई कुनै पनि अवस्थामा तिलाञ्जली दिनु हुादैन । यदि नेतृत्व दरिलो र जनताप्रति इमान्दार हुने हो भने विकट परिस्थितिमा पनि देशको विकास गर्न सकिन्छ भन्ने उदाहरण इराकका राष्ट्रपति सद्दाम हुसैनबाट सिक्न सकिन्छ ।

१९९१ मा अमेरिकी नेतृत्वको गठबन्धनले आक्रमण गरेपछि र त्यसपछि लगातार कडा आर्थिक नाकाबन्दी लगाउँदा लगाउँदै पनि उनले १९९६ सम्म इराकको पुननिर्माण गरे । त्यहाँ केही वर्ष अगाडि युद्ध भएको थियो र देश टुक्राटुक्रा भएको थियो भन्ने कुनै अवशेष रहन दिएका थिएनन् । यही तथ्यमाथि बी.बी.सी. का संवाददाताले त्यहाँ पुगेर निरीक्षण गरी एउटा वृत्तचित्र पनि बनाएका थिए । अमेरिकी नेतृत्वको गठबन्धनको आक्रमणपछि सद्दाम हुसैनले सबै बाटाघाटा, पुल र अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बग्दादमा बनाएका थिए । तर पछि पुन: २००३ सालमा इराकमाथि पुन: आक्रमण हुादा देश पुन:विनासको पराकाष्ठामा पुग्यो । यो उदाहरणबाट यदि देशको नेतृत्व इमान्दार र राष्ट्रवादी भयो भने देशको विकास गर्न केही बेर लाग्दैन भन्ने कुरा प्रष्टिन्छ । नेपालको सन्दर्भमा त अहिलेसम्म हामीले इराकी जनताले जस्तो ठुलो हण्डर खाएका छ्रैनौँ र चौतर्फी विनासको कठोर भाग्य भोग्न पनि बाध्य भएका छैनौँ । त्यसैले पनि नेपालको विकास हुन नसक्ने कुनै असम्भव कारण छैन, खााचो छ त केवल राजनैतिक नेतृत्वको इमानदारिताको ।

यदि भीषण युद्धबाट गुज्रेका भियतनाम, उत्तर र दक्षिण कोरिया जस्ता देशहरुले आ–आफ्नो देशको पुनर्निर्माण गर्न सक्छन् भने नेपालले त्यस्तो कुनै ठुलो विनासको सामना नगर्दा नगर्दै पनि विकास गर्न नसक्नु भनेको राजनैतिक नेतृत्वको अकर्मण्यता र बेइमानी नै हो । अब नेपालको राजनैतिक नेतृत्वले कुनै पनि बहाना गरेर देशलाई सधौ गरिबी, बेरोजगारी र परनिर्भर बनाइराख्न पाउने छ्रैन । जनताको तर्फबाट पनि अब हिजोभन्दा बढी खवरदारी गर्नु पर्ने आवश्यकता छ । हामी जनताको चेतनाको स्तर बढेसागै देशको राजनैतिक नेतृत्वलाई पनि बढी जिम्मेवार बनाउनु पर्ने आवश्यकता छ ।

हिजोसम्म विभिन्न बहानामा देश र जनतालाई गुमराहमा पार्दै आएका नेताहरुलाई अब पनि हामीले इतिहासबाट पाठ सिक्न बाध्य गराएनौँ भने हाम्रो भविष्य सधौ अन्धकारमय हुनेछ । जनताले नयाा सरकारलाई वास्तविक परिवर्तन गरेर देखाउने अवसर दिएका छन् र अहिलेसम्म धैर्यपूर्वक ‘पर्ख र हेर’ को अवस्थामा छन् तर विगतमा धेरै पटक झुक्काइएका जनता धेरै लामो समयसम्म धैर्य गरेर बस्न सक्ने छैनन् । त्यसैले सरकारले समय छादै देशी–विदेशी उदाहरणबाट पाठ सिकेर जनआकाङ्क्षा अनुरूप देशका जनताको जीवस्तर माथि उठाउने काम गरोस् भन्ने हामी चाहन्छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here