भूवनेश्वर १० जुन । मूल प्रवाह अखिल भरत नेपाली एकता समाज पुर्वी भरत क्षेत्रीय समिति अन्तर्गत भुबनेश्वर नगर समितिको १२ औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन समाजका महासचिव खगेश्वर शर्माले गर्नुभएको थियो ।
शर्माले उद्घाटन मतव्यमा देशमा विखण्नकारीहरु शक्रिय रहेको र एक वा अर्को प्रकारले तानाशाही लाद्न खोज्नेहरुको चलखेल बढि रहेको यो परिस्थितिमा भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सम्मेलनको दौरान भारतस्थित नेपालीहरुलाई राष्ट्रियताको रक्षाको लागि संगठित बन्न सन्देश सम्प्रेषण गरेको बताउनु भयो । महासचिव शर्माले विगतमा पनि स्वदेशमा चल्ने जनपक्षिय आन्दोलनहरुमा प्रवासी नेपालीहरुको मत्वपूर्ण योगदान रहादै आएको समेत जिकिर गर्नु भयो ।
शहरको रोटरी क्लब ओफ भुबानेश्वरमा सम्पन्न सो सम्मेलनको सञ्चालन केशव क्षेत्रीले र अध्यक्षता रेकम जिसीले गर्नुभएको थियो । सम्मेलनमा उपस्थित जनसमुदायलाई विजय कुमार लामाले स्वागत गर्नुभएको थियो ।
सम्मेलनले रेकम जिसीको अध्यक्षतामा १३ पूर्ण, २ बैकल्पिक र ५ सल्लाहकार गरी २० सदस्यीय भूवनेश्वर नगर समिति चयनग गरेको छ । जसमा: उपाध्यक्ष– बिजय कुमार लामा, सचिव– केशव क्षेत्री, सहसचिव– मीन थापा र कोषाध्यषक्ष– प्रशुराम लहयो मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा: कौशल्य परियार, बशन्ति क्षेत्री, सशिकला जिसी, सिता थापा, दुर्गबहादुर सुनार, रमेश परियार, रामु क्षेत्री, गिरीराज परियार, वैकल्पिक सदस्यमा: अरुण लामा र राजु सुनुवार रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारमा थमन जिसी, डिग्जा प्रसाद सुबेदी, धनबहादुर प्रधान, दुर्गबहादुर माझी र कृष्ण गौतमलाई चयन गरेको छ । नवनिर्बाचित समितिको घोषणा क्षेत्रीय समितिका सचिव हरि प्रसाद शर्माले गर्नुभएको थियो ।
केन्द्रीय सदस्य गिरी राज परियार, परिषद सदस्य सम्मर माझी, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेम कुमार थापा, विद्यार्थी क्षेत्रीय अध्यक्ष मनोज परियार, मूल प्रवाह क्षेत्रीय सचिव हरी प्रसाद शर्मा, समाजसेवी दिग्जा प्रसाद सुबेदी, बिजय कुमार लामा, क्षेत्रीय सदस्य बिष्णु श्रीनेत, कटक नगर अध्यक्ष शिबकुमार सुतार र महिला विमीना थापा लागायतले बधाई दिनुभएको थियो ।