भूवनेश्वरमा तीजी कार्यक्रम सम्पन्न

0
178
भूवनेश्वर, ९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वी भारत क्षेत्रीय समिति अन्तर्गत भूवनेश्वर नगर समितिको आयोजनामा २०७५ सालको हरितालिका तीज समारोह सम्पन्न पारिएको छ ।
कौशल्य परियारको अध्यक्षता तथा शशिकला जिसीको सञ्चालनबाट अगाडि बढेको सो तीजी समारोहमा उपस्थित जनसमुदायलाई बसन्ति क्षेत्रीले शब्दबाट स्वागत गर्नुभएको थियो ।
केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमकुमार थापा, क्षेत्रीय समितिका बरिष्ठ सल्लाहकार विजय
कुमार लामा, डिग्जा प्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
व्यापक महिलाहरुको उपस्थिति रहेको सो तीजी कार्यक्रममा महिलाहरुले तीजी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here