भिसाखापटनम्मा नगर भेला सम्पन्न

0
124

भिसाखापटनम, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति द्वारा संचालित भिशाकापट्नम नगर समितिको प्रथम भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य राम प्रसाद आचार्यको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।

कुल प्रसाद रेग्मीको अध्यक्षता र बकबहादुर गुरुङको सञ्चालनबाट अगाडि बढेको सो भेलामा अतिथिहरुको आसन ग्रहण सहिदहरुप्रति एक मिनेट मौनधारण पछि प्रेम पराजुलीले स्वागत मन्तव्य दिनु भएको थियो ।

भेलाले कुल प्रसाद रेग्मीको अध्यक्षतामा ९ पुर्ण, ३ बैकल्पिक र ६ सल्लाहकार गरि १८ सदस्यीय भिशाकापट्नम नगर समितिको चयन गरिएको छ । जसमा उपाध्यक्ष गिर बहादुर गुरुङ, सचिब बकबहादुर गुरुङ, सहसचिब प्रेम पराजुली, कोषाध्यक्ष रामप्रसाद सापकोटा, सदस्यहरु दुर्गा प्रसाद पौडेल, शोभा कालाथोकी, देवि कुमारी पौडेल, देवि पराजुली, बैकल्पिक सदस्य कमन्धरी गुरुङ, लालबहादुर थापा र लक्ष्मी पौडेल रहेका छन् । त्यस्तै भेलाले कृष्णबहादुर थापा, घनश्याम पौडेल, पिताम्बर थापा, ओम बहादुर खडका, तिलक बहादुर शाही र सुर्यकला पौडेललाई सल्लाहकार चयन गरेको छ ।

नवनिर्बाचित समितिलाई राम प्रसाद आचार्य, शोभा कालाथोकी र दुर्गाप्रसाद पौडेलले बधाई तथा सुभकामना मन्तब्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here